नेपालबाट ४ महिनामै बाहिरियो साढे ६ खर्ब , गाडी मात्रै ५४ अर्बको खरीद, कुन वस्तु आयातमा कति खर्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 11:32:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको पहिलो चार महिनामा आयात ६१ प्रतिशतले बढेको छ भने निर्यात १०४ प्रतिशतले बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङक अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ। गत वर्षको सोही अवधीमा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको आयात गरेको थियो।

यस्तै, पहिलो चार महिनामा नेपालबाट  ८२ अर्ब १२ करोड ४३ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ। गत वर्षको सोही अवधिमा नेपालबाट ४० अर्ब २० करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।

आर्थिक वर्ष २०७८-७९ को चार महिनामा कुल वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई रु.८२ अर्ब १२ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई रु.६५० अर्ब २९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चासोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ।

कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा मात्रै १२ प्रतिशत रहेको छ भने गाडी तथा गाडीका लागि चाहिने पार्ट पुर्जाको आयातको हिस्सा ८.४  प्रतिशत रहेको छ। अर्थात चालु आर्थिक बर्षको पहिलो चार महिनामा ७८ अर्ब १६ करोड ४४ लाख रुपैयाँ मात्रै पेट्रोलियम पदार्थको आयातमा बाहिरिएको छ भने गाडी तथा गाडीका लागि चाहिने पार्ट पुर्जाको लागि ५४ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ बाहिरिएको छ।

चार महिनाको आयातको तथ्यांक 


त्यस्तै 

आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई रु.५६८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १२.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो ।

यस अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी रु. ७१ अर्ब ४० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ४४ अर्ब २६ करोड बराबरको भएको थियो ।

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved