कमर्शियल बैंकले नबढाउँदा बिकास बैंक र फाइनान्सले किन बढाए ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 03:02:48 PM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैकहरुले नबढाउँदा विकास बैंक र फाइनान्सहरुले माघ महिनामा ब्याजको दर बढाएका छन्। कमर्शियल बैंकहरुले मङ्सिर महिनाकै ब्याज कायम राख्ने र ब्याज नबढाउने समझदारी गरेपनि विकास बैंक र फाइनान्सहरुले थोरै प्रतिशतले ब्याज बढाएका हुन्। 

पुष महिनाकै ब्याजलाई निरन्तरता दिएर कमर्शियल बैंकहरुले मुद्दती खातामा अधिकतम १०.०४८ प्रतिशतसम्मको दर कायम गरेका छन्। कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिए ले आपसी समझदारीमा मुद्दती खाताको ब्याज अधिकतम १०.०४८ प्रतिशतसम्म कायम गरेका हुन्। 

एनबिए को उक्त समझदारी अनुसार माघको लागि पनि मङ्सिर र पुसमा कायम ब्याजदर नै रहने छ। ब्याज बढाउँदा अपेक्षित रुपमा निक्षेप नबढेको तर उल्टै लागत मात्र बढेकाले बैंकहरुले आपसी समझदारीमा पुस महिनाको लागि पनि ब्यादर बढाएका थिएनन्।  

कमर्शियल बैंकहरुले ब्याजको दर नबढाएपनि विकास बैंक र फाइनान्सहरुले भने ब्याजको दर बढाएका छन्। 

बिकास बैकहरुको छाता संगठन 'डेभलपमेन्ट बैंकर्स एसोसियन अफ नेपाल', 'डीबीएन' का अध्यक्ष समेत रहेका मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेलले विकास बैंकहरुले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन भित्रै रहेर झिनो अंकले ब्याज बढाएको बिजपाटीलाई बताए। 

सामान्यतया बैंकहरुको तुलनामा ०.५ प्रतिशतले भएपनि विकास बैंकहरुको ब्याज बढी हुनुपर्ने भएकाले आफुहरुले ब्याज बढाएपनि झिनो अंकले मात्रै बढाएको उनको भनाई छ। विकास बैंकहरुको लागि निक्षेपको स्रोत कम भएकाले पनि ब्याज बढाउनु पर्ने बाध्यता रहेको उनको भनाई छ।  

विकास बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १०.२५% ब्याजदर दिएकोमा अहिले उक्त दर बढाएर अधिकांश विकास बैंकले माघ महिनाको लागि १०.३५% ब्याजदर निर्धारण गरेका छन्। 

त्यस्तै फाइनान्स कम्पनीहरुले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.३५% ब्याजदर दिएकोमा माघ महिनाको लागि १०.६५% ब्याजदर निर्धारण गरेका छन्। 

नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजि तुलाधारले ब्याजको दर नबढाउदा मुद्दती निक्षेपमा ब्याजको दर बराबर जस्तै देखिन गएकाले शुन्य दशमलब ३० प्रतिशतको फरक मात्रै राखेर ब्याज बढाईएको बताए।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved