राष्ट्र बैंक सर्कुलरको प्रभावः कस्मेटिक सामानको भाउ आकाशियो, पूरानो उधारो उठेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 04:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकको सर्कुलरका कारण अनौपचारिक च्यानलबाट ‘कस्मेटिक’ सामानको आयात हुन सुरु भएको छ । शत् प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायीले पैसा राख्न नसक्दा अनाधिकृत च्यानलबाट कस्मेटिक सामान आयात हुन थालेको हो ।

‘विजनेश स्लो भईसक्यो, सर्कुलरले क्यास फ्लोमा इफेक्ट गरेको छ’ नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठ भन्छन्, ‘गैरकानुनी बाटोबाट सामान आउन थालिसकेको छ, यसरी अनाधिकृत च्यानलबाट सामान आउँदा सरकारले कर पाउँदैन, गैरकानुनी च्यानलबाट आएका सामानको बजारमा बिगबिगी भईसक्यो ।’

स्याम्पो लगायतका कस्मेटिक सामानको आयातमा सय प्रतिशत क्यास मार्जिन राख्नुपर्ने भएपछि यसले लिगल वेबाट काम गर्दै आएका व्यवसायीलाई मारमा पारेको श्रेष्ठको गुनासो छ । यति मात्रै नभई, बजारमा अनौपचारिक बाटो हुँदै सामान भित्रिएपनि यस विषयमा राज्यका कुनैपनि संयत्रले अनुगमन गरेका छैनन् ।

साना व्यवसायी पलायन हुने खतरा

नेपालमा कस्मेटिक सामान आयात गर्ने व्यवसायीहरु साना ठूला गरेर २ सयको हाराहारीमा छन् । यीमध्ये धेरैले सानो सानो परिणाममा सामान ल्याउँछन् । यति मात्रै नभई, ब्राण्डेड सामानहरु आयात गर्ने आयातकर्ता निकै कम छन् । सबैले शतप्रतिशत नगद मार्जिन राखेर सामान आयात गर्न नसक्ने भएकाले साना व्यवसायीहरु पलायन हुने खतरा रहेको व्यवसायीहरु बताउँछन् ।

मूल्य पनि बढ्यो

नेपाली बजारमा कस्मेटिक सामानको मूल्य बढ्न सुरु भएको छ । एकातिर कानुनी बाटोबाट सामान कम मात्रामा आयात भएको र अर्कोतिर पहिले आयात भएको स्टक घट्दो क्रममा रहेकाले सामानको मूल्य बढ्न थालेको हो । 

‘यसअघि २५० मा पाईने ब्राण्डेड स्याम्पो अहिले ३५० सम्म पुगेको छ’ एक जना कस्मेटिक व्यवसायी भन्छन् । 

पूरानो उधारो बजारमै फस्यो

यसअघि उधारोमा सामान लिने खुद्रा व्यापारीबाट आयातकर्ताले पूरानो पैसा नै उठाउन मुस्किल परेकाले बजारको चलिरहेको ‘चेन ब्रेक’ भएको वितरक संघका निवर्तमान अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘हामीले सामान ल्याएर दिएपछि मोर देन ६० डेजमा मात्रै क्यास रिकभरी हुन्थ्यो, अहिले त हामीले माल दिनै पाएका छैनौँ’ उनले भने, ‘हामीबाट माल नपाएपछि उसले अर्कै बाटोबाट आएको भएपनि माल त खोज्छ, हामीसँग इलिगल वेबाट आएको माल हुने कुरा भएन । अनि उसले जताबाट भएपनि सामान त व्यवस्था गर्छ, हामीले पाउनुपर्ने पैसा उता लगानी गरेपछि हाम्रो पूरानो उधारो त उठेन ।’ 

अभावको संकेत

अहिले बजारमा सामानको अभावै भने देखिएको छैन । तर, होलसेलमा अपर्याप्त भने हुन थालिसकेको छ । यसले अबको २ हप्ताभित्रै बजारमा कस्मेटिक सामानको अभाव हुँदैछ भन्ने संकेत गरेको व्यवसायीहरुको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved