तरलता अभावले थलियो ‘रियलस्टेट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2022 | 04:38:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको महामारीकै बीचमा फस्टाएको ‘रियलस्टेट’को व्यवसाय अहिले भने थलिएको छ । गत वर्ष महामारीको अवधिमा हरेक महिना राजस्व संकलन र कारोबार संख्यामा रेकर्ड तोड्दै अघि बढेको रियलस्टेट व्यवसाय अहिले भने थला परेको छ । 

लकडाउनको समयमा लगानीका अरु क्षेत्रहरु बन्द प्रायः रहँदा धेरैले घरजग्गा र शेयर बजारमा लगानी थुपारेका थिए । यसैको कारण गत वर्ष शेयर बजार र घरजग्गा कारोबार उच्च बिन्दुमा पुगेको थियो । तर, अहिले वित्तीय प्रणालीमा तरलता अभावका कारण घरजग्गा कारोबार सुस्ताएको छ ।

बैंकहरुमा लगानीयोग्य रकमको अभाव भएका कारण व्यक्तिगत रुपमा स–साना कारोबार भइरहेपनि रेसिडेन्सियल तथा कमर्शियल कारोबार भने हुन सकेको छैन । तरलता संकटका कारण घरजग्गा कारोबार सिथिल बनेको हो । 

यसवर्ष भदौसम्म लकडाउनका कारण रोकिएको कारोबार मंसिरमा केही लयमा फर्किएको थियो । तर, अहिले पुनः मन्दी आउँदा कारोबार झण्डै ५० प्रतिशतले घटेको छ ।

सरकारी नीति पनि बाधक

राष्ट्र बैंकले घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्र भनेको छ । घरजग्गामा हुने लगानीलाई अनुत्पादक क्षेत्रमा हुने लगानी मानेर सोही अनुसारको व्यवहार झेल्दै आएको भएर पनि अहिले धेरैको लगानी संकटमा पुगेको रियलस्टेट व्यवसायीहरु बताउँछन् । 

गत सिजनमा जस्तो शेयरबाट राम्रो आम्दानी गरेर घरजग्गामा लगानी गर्ने अवस्था अहिले नरहेकाले पनि रियलस्टेट व्यवसाय थला पर्ने जोखिम रहेको उनीहरुको गुनासो छ । 

आर्थिक गतिविधि बढ्नुपर्ने समयमा एकातिर तरलता अभाव र अर्कोतिर नेप्सेको ओरालो यात्राले घरजग्गा कारोबारलाई समेत प्रभावित बनाएको कतिपयको बुझाई छ । तरलता अभावले बैंकबाट घरजग्गा किन्न ऋण पाउन सम्भव छैन । यसको असर बैंकबाट ‘घर कर्जा’ लिएर घर–जग्गा खरिद गर्ने ग्राहकमा परेको व्यवसायीहरुको अनुभव छ । 

प्रोपर्टी बेच्ने बढे, किन्ने ग्राहक छैनन्

रियलस्टेटका अनलाइन प्लेटफर्म (फेसबुक पेज, ट्वीटर आदि) मा व्यवसायिक प्रोपर्टी र ठूला आवासिय घरजग्गा बिक्रीको सूचना राख्नेहरु बढेका छन् । तर, किन्ने ग्राहक छैनन् । किन्ने ग्राहक पाउँन मुस्किल हुँदा सम्पत्तिको मूल्य पनि नबढी स्थिर अवस्थामा छ । 

यति मात्रै नभई, कतिपय घरजग्गा बैना गरेर पनि पैसा नहुँदा पास गराउन नसकिएको अनुभव पनि रियलस्टेट व्यवसायीहरुका छन् । 

मालपोतमा रोक्का, फुकुवा लगायतका कामहरु घटिरहेको मालपोत अधिकारी बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved