गुण्डा नाईके ‘बले’लाई मन्त्री आलेले दिए ‘क्यासिनो’को लाइसेन्स, मोटो रकम चलखेलको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 02:39:21 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नयाँ क्यासिनोलाई धमाधम सञ्चालन अनुमति दिएको पाईएको छ । अहिले कोरोनाका कारण देशभरका क्यासिनो बन्द रहेको मौकामा मन्त्री आलेले मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ नयाँ क्यासिनोलाई लाइसेन्स बाँडिरहेको पाईएको हो ।

क्यासिनोलाई सञ्चालन अनुमति दिने अधिकार आफैँसँग राखेर मन्त्री आलेले धमाधम लाइसेन्सु बाँडेको स्रोत बताउँछ । पर्यटन विभाग वा मन्त्रालयकै कुनै महाशाखालाई यस्तो अधिकार नदिई मन्त्री आलेले मन्त्री स्तरीय निर्णयबाटै क्यासिनोलाई लाइसेन्स बाड्ने गरेको हुन् ।

कुन कुनले पाए नयाँ लाइसेन्स ?

मन्त्री प्रेम आलेले मन्त्री स्तरीय निर्णय गराउँदै कार्तिक २ गते झापाको मेचीनगरस्थित होटल मेची क्राउनमा सञ्चालन हुने गरी ‘क्यासिनो भेगास’लाई लाइसेन्स दिए । मन्त्री आलेबाट लाइसेन्स पाएको क्यासिनो भेगास झापाको पहिलो पूर्ण क्षमताको क्यासिनो हो ।

त्यस्तै उनले कार्तिक ९ गते नेपालगञ्जको होटल स्नेहामा रहने गरी ‘क्यासिनो बेल्लिज’लाई पनि लाइसेन्स दिए । काठमाडौँको होटल मल्लस्थित ‘बेल्लिज क्यासिनो’कै स्वामित्वमा रहने क्यासिनो रहेको बुझिएको छ । 

हरेक दिन जसो नयाँ क्यासिनोलाई लाइसेन्स दिने क्रममा मन्त्री आलेले कार्तिक १२ गते नेपालगञ्जकै होटल स्टारस्थित ‘भेन्यू रिक्रिएसन’लाई क्यासिनोको अनुमति दिए । 

नेपालगञ्जकै होटल सिटी प्यालेसस्थित ‘केपीएफ इन्टरटेनमेन्ट’लाई पौष १४ गते मिनि क्यासिनोको लाइसेन्स दिएका मन्त्री आलेले पौष १६ गते नेपालगञ्जकै होटल कल्पतरुस्थित ‘ॐ त्रयम्बकम्’ क्यासिनोलाई नयाँ लाइसेन्स दिए । 

मोटो रकम चलखेलको आशंका

यसअघि क्यासिनोलाई निरुत्साहित गर्ने र क्यासिनोहरुबीच हुन सक्ने अस्वस्थ प्रतिस्पर्धालाई रोक्न लाइसेन्स दिने काम रोकिएको थियो । 

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई र पर्यटन सचिव यादव कोइरालाले विवादास्पद छविका व्यवसायी बलराम सापकोटाले क्यासिनो सञ्चालनको अनुमति माग गर्दै दिएको निवेदन रोकिदिएका थिए । 

सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिररहेका सापकोटाले झापा मेचीनगरस्थित होटल मेची क्राउन प्लाजामा क्यासिनो खोल्न अनुमति माग गरेको भएपनि तत्कालिन मन्त्री भट्टराई र सचिव कोइरालाले रोकेका थिए । तर, आलेले मन्त्री हुनासाथ अनुमति दिए र अहिले उक्त होटलमा क्यासिनो भेगास सञ्चालनमा आइसकेको छ । 

यदि कुनै सरकारी शुल्क तिर्न बाँकी भएको अवस्थामा क्यासिनो सञ्चालनको अनुमति पाइँदैन । तर, मन्त्री आलेले सम्पत्ति शुद्धीकरणमा मुद्दा नै झेलिरहेका व्यक्तिलाई लाइसेन्स दिएपछि मोटो रकमको चलखेल भएको हुन सक्ने अनुमान गरिएको छ । 

सापकोटाविरुद्ध १७ करोड ५२ लाख ७७ हजार २६० रुपैयाँ अवैध सम्पत्ति रहेको दाबीसहित सम्पत्ति शुद्धीकरण विभागले २०७७ असोज १९ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ । बलराम सापकोटा ‘बले’नामले चिनिने गुण्डा नाईके पनि हुन् । क्यासिनो किङ भनिने बलेविरुद्द मात्रै नभई, उनकी श्रीमति सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५८ लाख ६४ हजार ७४४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved