केशर महलको ४३ रोपनी सरकारी जग्गामा ‘बिजनेश’ गर्न भित्रभित्रै सेटिङ

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 26, 2022 | 01:59:22 PM मा प्रकाशित

laxmi  sunrise bank

यसअघि व्यवसायी शेष घलेको व्यापारिक स्वार्थबाट बल्लतल्ल उम्किएको केशर महलमा पुनः सोही गिरोहले आँखा गाँडेको छ । घलेले काठमाडौँमा ‘सेराटन होटेल’ सञ्चालन गर्न केशर महलको ३५ रोपनी जग्गा प्रयोग गर्न खोजेका थिए । यसमा उनी सफल भएका छैनन् । तर, कर्मचारीहरुलाई प्रभावमा पारेर महलको जमिन हडप्न फेरि व्यापारिक दाउ थालिएको छ ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बनेको केशर महल अहिले पुनर्निर्माणको काम भईरहेको छ । तर, पुनर्निर्माण नसकिँदै केशर महलले चर्चिएको जमिन व्यापारिक प्रयोजनमा लगाउने भित्रि चलखेल बिजपाटीले फेला पारेको छ ।

यस्तो छ भित्री ‘सेटिङ’ 

भूकम्पले भवनमा क्षति गरेपछि त्यहाँबाट केशर पुस्तकालय सार्ने र सो क्षेत्र व्यापारीलाई दिने कसरत पहिल्यैदेखि भएको थियो । तर, स्वार्थ समूह र व्यापारिलाई दिनुपर्छ भन्ने शिक्षा मन्त्रालयका अधिकारीहरुका सामू बाधक बनिदिए पुस्तकालयको प्रमुख एवम् उप सचिव दशरथ मिश्र ।

मिश्र केशर पुस्तकालयको प्रमुख रहुन्जेलसम्म स्वार्थ शिद्ध नहुने देखेपछि उनलाई नेपाल राष्ट्रिय पुस्तकालयमा सरुवा गरियो । यद्यपी, सरुवा गर्दा लामो समय केशर पुस्तकालयमा बसेको र बेला भएको भनेरै मिश्रलाई नेपाल राष्ट्रिय पुस्तकालयमा पठाईयो । ४ वर्ष बढी केशर पुस्तकालयको प्रमुख बनेका मिश्रको सरुवा हुनासाथ स्वार्थ समूह फेरि सलबलाउन थाल्यो । 

यसअघिः
होटल चलाउन केशर महलको ३५ रोपनी सरकारी जमिन हडप्ने दाउमा शेष घले

अहिले केशर महलले चर्चिएको जमिनलाई व्यापारिक प्रयोजनमा लगाउने योजनाको ‘ड्राफ्ट’ बनिसकेको छ । महलको पुनर्निर्माण सकिएपछि यसको प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव दिन गठित कार्यदलले बनाएको अध्ययन प्रतिवेदनको ड्राफ्टका विषयमा महल परिसरको स्वप्न बगैँचामा बसेर कुराकानी भयो ।

उक्त कुराकानी कार्यदलका तर्फतबाट शिक्षा मन्त्रालयका अधिकारीका लागि गरिएको एक किसिमको बिफ्रिङ नै भएको स्रोत बताउँछ । स्रोतका अनुसार केशर महलको दक्षिणतिरको स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाउने र यो समितिमार्फत पुननिर्माण भईरहेका भौतिक संरचनाको प्रयोग गरेर व्यापार गर्ने प्रतिवेदनको मस्यौदामा उल्लेख छ ।

कति छ जमिन ?

स्वप्न बगैँचा ८ रोपनी क्षेत्रफलमा छ । केशर महल भने ३४ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको छ ।

केशर पुस्तकालय त्यहाँबाट हटाउँदा गलत सन्देश जाने र नागरिक तहबाट विरोध हुने भएकाले पुस्तकालयलाई सानो ठाउँमा राख्ने र करिब ४१ रोपनी जमिन व्यवसायिक प्रयोजनमा लगाउने सेटिङ देखिएको स्रोतले बताएको छ ।

स्रोतले भने सेराटन होटेल सञ्चालनको अन्तिम अन्तिम चरणका रहेका शेष घले नै जसरी पनि केशर महलले चर्चिएको जग्गा फुत्काउने दाउमा लागेको दाबी गरेको छ । यदि यसो हुन नसके, घलेको होटलमा आउने देशी तथा विदेशी पाहुना घुमफिर गर्न आउन मिल्ने गरी बार, रेष्टुरेन्ट, उद्यान लगायत बनाएर सञ्चालनको जिम्मा व्यवसायीलाई दिने प्रपञ्च रचिएको बताईन्छ ।

केशर शमशेरले स्थापना गरेको यो पुस्तकालयलाई २०२६ सालमा उनकी श्रीमती कृष्णचन्द्रदेवीले सरकारलाई हस्तान्तरण गरेकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved