प्राधिकरण ‘प्लटिङ’को अनुमति दिने, राष्ट्र बैंक त्यसैलाई अनुत्पादक क्षेत्र भन्ने पनि हुन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2022 | 02:49:56 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा जग्गा प्लटिङ बढ्दो छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट जग्गा तथा आवास विकासकर्ताहरुले अनुमति लिएर प्लटिङ गरिरहेका छन् ।

उपत्यका विकास प्राधिकरणका अनुसार उपत्यका भरीमा अहिले ३८२ परियोजना छन् । योजनावद्ध आवासीय घडेरी, सामूहिक आवास, संयुक्त आवास, व्यापारिक व्यवसायिक भवन, स्वास्थ्य संस्था, होटल/पर्यटन भवन, कार्यालय भवन र अन्य गरी उपत्यकामा जम्मा ३८२ परियोजनाले अनुमति पाएका छन् । यद्यपी, २०७८ असार मसान्तपछि यो तथ्यांक अद्यावधिक गरिएको छैन ।

घरजग्गा कसरी अनुत्पादक ?

रियलस्टेटलाई राष्ट्र बैंकले अनुत्पादक क्षेत्रका रुपमा परिभाषित गरेको छ । राष्ट्र बैंकले रियल स्टेट कर्जा तथा  जग्गा प्लटिङसम्बन्धी कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरेको छ ।

तर, रियलस्टेट व्यवसायीहरु राष्ट्र बैंकको यो परिभाषा स्वीकार गर्न तयार छैनन् । यद्यपी, उनीहरु बाध्य छन् । 

रियलस्टेट व्यवसायी हामिद खान उपत्यका विकास प्राधिकरणबाट अनुमति लिएर चलेका परियोजनालाई अनुत्पादक क्षेत्र भन्न नहुने बताउँछन् । ‘अनुत्पादक क्षेत्र भन्ने हो भने प्राधिकरणले किन अनुमति दिन्छ’ भन्ने प्रश्न उनको छ । 

यसअघिः
राष्ट्र बैंकले बढायो शेयर, घरजग्गा र अटो कर्जाको जोखिम भार, आगामी असारबाट लागु हुने
जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले पनि हाउजिङ र अपार्टमेन्टमा सबै खालका उत्पादन मूलक उद्योगहरुका उत्पादन खपत हुने भएकाले यो क्षेत्रमा गरिने वा गरिएको लगानीलाई अनुत्पादक क्षेत्रको लगानी भन्न नहुने बताउँछन् ।

कति छ घरजग्गामा बैंकको लगानी ?

घरजग्गामा बैंकिङ क्षेत्रको लगानी ५ खर्ब ५० अर्बको हाराहारीमा छ । घरजग्गामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लगानी छ । 

राष्ट्र बैंकले अधिकतम १ करोड ५० लाखसम्मको घर कर्जालाई व्यक्तिगत आवासीय कर्जा र त्यो माथिको कर्जालाई रियलस्टेट कर्जामा गणना गर्दै आएको छ ।

व्यवस्थित बस्ती विकास तथा शहरीकरण र आवश्यकता एवम् मागको आधारमा हाउजिङ लगायतका रियलस्टेट परियोजनाहरु बन्ने भएकाले यो क्षेत्रमा बैंकहरुले पनि मनग्य लगानी गरेका छन् ।

यति मात्रै नभई, राम्रो नाफा आर्जन पनि हुने भएकाले रियलस्टेटमा लगानी गर्न बैंकहरुले कुनै शंका नमान्ने नभएपनि राष्ट्र बैंकको नीतिका कारण समस्या परिरहेको आवास विकासकर्ताहरु बताउँछन् ।

रोचक कुरा त के छ भने, रियलस्टेट कर्जाभन्दा व्यक्तिगत आवासीय कर्जामा बैंकहरुले बढी लगानी गरेका छन् । तैपनि, रियलस्टेटलाई खुम्च्याउने गरी घरजग्गामा गरिएको लगानीलाई जोखिमयुक्त भनेर राष्ट्र बैंकले गलत परिभाषा गर्दा अव्यवस्थित बसोबास दिनानोदिन बढिरहेको रियलस्टेट व्यवसायीहरुको गुनासो छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved