‘नदिएको बिजुलीको पनि पैसा माग्ने नियत राखेर कुलमानले लोडसेडिङ तालिका दिएनन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 02:57:00 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगहरुले नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति लिएको लोड अनुसारको विद्युत नपाएको १ हप्ता नाघिसक्यो । जसका कारण औद्योगिक करिडोरका उद्योगहरु केही आंशिक र केही पूर्ण रुपमै बन्द भएका छन् । 

तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिजुली आउने र जाने तालिका (लोडसेडिङ तालिका) दिन मानिरहेका छैनन् । उद्योगहरुले दैनिक १२ देखि १४ घण्टासम्म लोडसेडिङ भोगिरहेको भएपनि कुलमानले तालिका दिन मानेका छैनन् ।

नियतमै शंका

विराटनगर, वीरगञ्ज, भैरहवा, बुटवल, हेटौँडा लगायतका औद्योगिक क्षेत्रका उद्योगमा अहिले बिजुली छैन । प्राधिकरणले भारतबाट आयात गर्न नसक्दा उद्योगलाई बिजुली दिन नसकिएको र यो अवस्था बैशाख १५ सम्म कायम रहन सक्ने बताएको छ । तर, स्पष्ट रुपमा लिखित तालिका दिन मानेको छैन ।

यसअघिः
कुलमानका कारण देशलाई दैनिक १० अर्ब नोक्सानी

उद्योगीहरुले भने कुलमानले दैनिक २२ करोड रुपैयाँ बचत गर्ने मानसिकता बोक्दा उद्योगहरुले दैनिक १० देखि ११ अर्ब रुपैयाँ गुमाईरहेको गुनासो गरेका छन् । यति मात्रै नभई, तालिका नदिनुका पछाडी अनेक आशंका पनि उब्जिन थालेका छन् ।

कुलमान घिसिङले अहिले लोडसेडिङ तालिका दिएपछि पछि बिजुली प्रयोग गरेवापतको पैसा उठाउँदा सोही अनुसारको उठाउन पर्ने र त्यसले प्राधिकरणको नाफा घटाउने भएकाले अहिले लोडसेडिङ भोगिरहेको अवधिको पनि पूरै पैसा उठाउन पाइन्छ भन्ने नियतले तालिका नदिएको आरोप उद्योगीहरुले लगाउन सुरु गरेका छन् ।

‘अहिले उद्योगमा लोडसेडिङ छ, तर कुलमान औपचारिक रुपमा लोडसेडिङ हो भन्न तयार छैनन् । एक दुई महिनापछि यो अवधि (अहिले उद्योगले दैनिक १२ घण्टा लोडसेडिङ भोगिरहेका छन्) को पनि पैसा तिर्नुपर्छ भन्दै बिल पठाउँछन्, । अनि उद्योगीहरु हामीले बत्ती नै नपाएको अवधिको पैसा किन तिर्ने भन्दै प्रश्न गर्छन् । तिमीहरुले स्वीकृति लिएको लोड अनुसार नै बत्ती पाएका थियौ भनेर कुलमानले पत्रकार सम्मेलन गरेरै झुटो बोलिदिन्छन्’ लुम्बिनी करिडोरका एक उद्योगीले भने, ‘अनि मानिसहरु उद्योगीले पैसा तिरेनन्, यी फटाहा हुन्, लुटेरा हुन् भन्न थाल्छन् । त्यतिबेला उद्योगहरुसँग बत्ती नपाएको कागजी प्रमाण पनि हुँदैन । किनकी, अहिले कुलमानले यति घण्टा बत्ती आउँछ र यति घण्टा आउँदैन भनेर सेड्युअल दिएका छैनन्, पछि पैसा माग्न सजिलो हुन्छ भनेर नै कुलमानले अहिले सेड्युअल नदिएका हुन् । सेड्युअल नदिएपछि त लोडसेडिङ भएकै छैन भनेर जिद्दी गर्न पाईयो ।’

यो पनिः
कुलमानलाई अर्थमन्त्रीको काउण्टर, ‘बिजुली बेच्ने होइन’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved