नेपाल एयरलाइन्समा आलेको दबदबाः २ सञ्चालक हटाईए, महाप्रवन्धक हटाउने प्रस्ताव क्याबिनेटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 09:54:15 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका २ जना सञ्चालकलाई हटाएका छन् । सञ्चालकहरु  फुरगेल्जे शेर्पा र ईश्वरी पौडेललाई मन्त्री आलेले हटाएका हुन् । 

अब अर्का सञ्चालकसमेत रहेका महाप्रवन्धक डिमप्रकाश पौडेल निशानामा छन् । 

उनीहरुलाई कारबाही गरेर हटाउने तयारीका लागि मन्त्री आलेले प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलको संयोजकत्वमा पर्यटन प्रवद्र्धन शाखाका उपसचिव राजेश उप्रेती र कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा सम्मिलित समिति नै बनाएका थिए ।

यसअघि मन्त्री आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले महाप्रबन्धक पौडेलसहित सञ्चालकहरु शेर्पा र पौडेललाई राजीनामा दिन निकै दबाब दिएका थिए । तर, उनीहरु कसैले पनि राजीनामा दिएनन् । त्यसपछि कारबाही गरेर हटाउने गरी मन्त्री आले र अध्यक्ष अधिकारी लागे ।

यसअघिः
महाप्रवन्धक डिमप्रकाशसहित २ सञ्चालकलाई हटाउँदै मन्त्री आले, उपाय खोज्न बनाए समिति

अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएको ५ महिना बितिसक्दा पनि अहिलेसम्म एक पटक पूर्ण बैठक बस्न सकेको छैन । बैठकका लागि सूचना पठाएर सञ्चालकहरुलाई बोलाउने तर, भित्र प्रवेश गर्ने बेलामा कर्मचारीलाई अघि सारेर मूल गेटमै रोक्ने काम अध्यक्ष अधिकारीले गर्दै आएका छन् ।

तर, अहिले आएर मन्त्री र कार्यकारी अध्यक्ष अधिकारीले कर्मचारीको कुरा नसुनी आफूखुशी सञ्चालक समिति हेरफेर गर्न लागेको भन्दै विरोध सुरु भएको छ । कर्मचारीहरुले निगमलाई कम्पनी मोडलमा लैजानुपर्छ भन्ने मस्यौदाका मुख्य मस्यौदाकार किशोर प्रधानलाई चाहिँ राखेर अरु २ जना शेर्पा र पौडेललाई मात्रै हटाउने निर्णय स्वार्थ केन्द्रित भएको बताउन थालेका छन् ।

यसअघिः
निगमको सम्पत्ति ‘कौडीको भाउ’मा मूल्यांकन गर्नेलाई मन्त्री आलेले बनाए अध्यक्ष

कर्मचारी युनियनभित्र मस्यौदाकार प्रधानलाई पनि हटाउनुपर्ने आवाज उठ्न थालेको छ ।

महाप्रवन्धक पनि हटाइँदै

पर्यटनमन्त्री आले र कार्यकारी अध्यक्षले अब महाप्रबन्धक एवं सञ्चालक समिति सदस्य डिमप्रकाश पौडेललाई जसरी पनि हटाउने गरी काम थालेका छन् । मन्त्रिपरिषदबाट महाप्रवन्धकमा नियुक्त भएका पौडेललाई मन्त्री स्तरीय निर्णयबाट हटाउन नमिल्ने भएकाले मन्त्री आलेले मन्त्रिपरिषदबाटै निर्णय गरेर हटाउने गृहकार्य गरेका छन् ।

यो पनिः
७० करोड कमिशन खाने दाउमा मन्त्री आले, ३ सदस्यलाई छिर्नै नदिई गराए निगमको बोर्ड बैठक

हटाउने प्रक्रिया अन्तर्गत नै पर्यटन मन्त्रालयले पौडेललाई यसअघि नै स्पष्टीकरण सोधिसकेको छ । 

आज बिहिबार बस्ने मन्त्रिपरिषदको बैठकमा महाप्रबन्धक पौडेललाई हटाउने प्रस्ताव पर्यटनमन्त्री आलेले लैजाने तयारी गरेको बुझिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved