काठमाडौँमा महागठबन्धन विरुद्द एमालेको ‘केशव क्षेप्यास्त्र’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2022 | 01:57:34 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने औपचारिक टुंगो एमालेले भोली शनिबार लगाउँदैछ । तर, अध्यक्ष केपी ओली काठमाडौँको मेयरमा केशव स्थापितलाई उठाउन सकारात्मक भईसकेका छन् । 

एमालेले ५ दलिय महागठबन्धनविरुद्द स्थापितलाई काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवारका रुपमा उभ्याउने लगभग निश्चित बनेको छ । हाल बागमती प्रदेशसभाको सदस्य रहेका स्थापित यसअघि २०५४ सालमा पनि काठमाडौँको मेयरमा निर्वाचित भएर सफलताका साथ ५ वर्षे कार्यकाल पूरा गरेका नेता हुन् ।

उनै केशव पुनः २५ वर्षपछि काठमाडौँ महानगरको नेतृत्व सम्हाल्ने तयारीमा छन् । 

काठमाडौँको मेयरका लागि  एमाले काठमाडौँ महानगरनगर कमिटीले वैशाख २ मा ५ जनाको नाम सिफारिस गरिसकेको छ । हालका मेयर विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउजा र इन्दिरा पन्तको नाम सिफारिस भएको छ । 

गठबन्धन विरुद्द एमालेको केशव ‘क्षेप्यास्त्र’

झिनो मत भएको माओवादी, एमालेबाट करिब ५ हजार मत लिएर टुक्रिएको माधब नेपालको नेकपा एकिकृत समाजवादी र ४५ हजार बढी मत भएको काँग्रेसबीच काठमाडौँमा गठबन्धन हुँदैछ । 

त्यसकारण गठबन्धन विरुद्द केशव स्थापित नै ‘वजनदार’ उम्मेदवार भएको स्वीकार गर्दै उनलाई नै टिकट दिने पक्का भएको एमाले स्रोत बताउँछ । 

२०७४ को निर्वाचनमा पनि स्थापित मेयरको आकांक्षी थिए । तर, त्यतिबेला विद्यासुन्दर शाक्यलाई एमालेले उम्भायो । शाक्यलाई जिताउन केशव स्थापितको पनि उल्लेख्य भूमीका छ । तर, यसपटक पनि प्रमुख दाबेदार भनिएका शाक्यलाई नै दोहोर्याउँदा उनको कार्यकालमा काठमाडौँमा देखिने काम नभएकाले उनलाई आफ्नै मतदाताले नपात्याउने आँकलन गरेर स्थापितलाई उभ्याउने र स्थापित गठबन्धनका लागि ‘क्षेप्यास्त्र’ नै सावित हुने दाबी एमाले स्रोतको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्री भइसकेका स्थापित मुख्यमन्त्री डोरमणी पौडेलसँगको विवादका कारण हटाईएका थिए । 

‘उहाँ जे हो त्यो बोल्नुहुन्छ, कतिपय सवालहरु उहाँले आफ्नै नेताहरुविरुद्द पनि गर्नुहुन्छ, उहाँको यो कमजोरी होइन, जनताका सवाल उठाउँदा कमजोर हुँदैन, उहाँले जहिल्यै काठमाडौँका बासीको कुरा गर्नुहुन्छ’ एमालेका एक शीर्षस्थ नेता भन्छन्, ‘अहिले पनि काठमाडौँ महनगरमा सबैभन्दा बढी मत मात्रै होइन, गठबन्धनका सबैको मत जोड्दा पनि एमाले बलियो छ, उहाँ (केशव स्थापित) उम्मेदार हुँदा त झन अहिले भईरहेको मतमा ३० प्रतिशत जोडिएर आउँछ ।’

निडर र आशावादी व्यक्तित्वः रैथाने नेवार

केशव स्थापित भिजन भएका र विकासवादी नेताकै रुपमा चिनिन्छिन् । आफ्नो जति अरुको क्षमता छैन भन्ने स्वभाव हुँदाहुँदै पनि काठमाडौँका जनताले विकासवादी नेताका रुपमा चिनेका व्यक्ति हुन् उनी ।

उनले २०५१ सालमै विवाद र आलोचनाकै बीचमा खेलकुद परिषद्को सदस्य सचिव भएर सफलताका साथ काम गरेर देखाएका थिए । 

२०४९ को स्थानीय चुनावमा उपमेयरमा पराजित भएपनि २०५४ मा मेयर नै जितिदिए । मेयरमा जितेनन् मात्रै, उदाहरणीय काम गरेर सफल मेयरको उपमा पनि पाए ।

अहिले माइतीघर मण्डला रहेको ठाउँमा सडक अतिक्रमण गरेर त्यतिबेला बजार बसेको थियो । स्थापिथ आफैँ अघि लागेर त्यो बजार नै भत्काएर रातारात आकर्षक मण्डला खडा गरे ।

सडक पूर्वाधारतर्फ कालिमाटी–कुलेश्वर खण्ड विस्तार गरेर चौडा बनाए । कुनैपनि सडकको नामाकरण हुन नसकेको अवस्थामा उनले काठमाडौँका सबैजसो सडकको नामाकरण गरिदिए । 

आफ्ना पीता बितेको समयमा समेत स्काभेटरसँगै सडकमा बसेर काममा खटिन्थे । त्यसबेला देखिको उनको जोश अहिले पनि उस्तै छ भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ।

विकासप्रेमी एकातिर हुन् भने अर्कोतिर उनी काठमाडौँका रैथाने नेवार समुदायका व्यक्ति हुन् । उनलाई उपत्यका बाहिर पनि धेरैले अतिथि वक्ताका रुपमा लगिरहन्छन् । 

विकास तत्काल गर्न सकिन्छ भनेर सपना देखाउने, योजना बनाउने, बनाइएका योजना जनतालाई सुनाई हाल्ने, निराशाका कुरा नगर्ने, सबैलाई आशावादी बन्न उत्प्रेरणा दिईरहने, जोखिम मोल्न नडराउने उनको स्वभाव सबैले मन पराउँछन् ।

युवा संघको संस्थापक महासचिव

पार्टीको भातृ संगठनमा केपी ओली र केशव स्थापित एउटै कमिटीमा थिए भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । अझ, एउटै कमिटीमा मात्रै होइन, दुवै जना कार्यकारी भूमीका थिए । 

२०४७ सालमा एमालेको तत्कालिन भातृ संगठन ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ’को अध्यक्ष केपी ओली थिए भने केशव स्थापित महासचिव थिए । त्यतिबेला यो संगठन जति शक्तिशाली अरु संगठन थिएनन् । ओली यो संगठनको संस्थापक अध्यक्ष, स्थापित संस्थापक महासचिव ।

ओलीपछि स्थापित नै यो संगठनको अध्यक्ष बनेका थिए । स्थापित भन्दा पछि युवा संघको अध्यक्ष भएकाहरु एमालेको पदाधिकारी, स्थायी कमिटी सदस्य र मन्त्री नै भईसके । तर, स्थापित अहिले पनि एमालेको केन्द्रीय सदस्यमा सिमित छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved