हप्तामा २ दिन बिदाको ‘च्याप्टर क्लोज’, कसले रोक्यो प्रस्ताव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2022 | 01:55:46 PM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन अघिसम्म सातामा २ दिन बिदा दिने विषय करिब करिब निर्णय नै भईसकेको जसरी प्रचार गरिएको थियो । इन्धनको खर्च कटौती गर्ने उपायका रुपमा हप्तामा २ दिन बिदा दिने र बाँकी ५ दिन बिहान ९ बजेबाट कार्यालय खोल्ने प्रस्ताव आएको थियो ।

आयाल निगमको प्रस्तावमा अर्थ मन्त्रालय सहमत भएपछि यो विषय मन्त्रिपरिषदमा पनि पुग्यो । तर, अब सातामा २ दिन सरकारी बिदा दिने प्रस्तावको ‘च्याप्टर’ तत्कालका लागि ‘क्लोज’ भएको छ ।

इन्धनको खपत घटाएर खर्च कटौती गर्न शनिबार र आइतबार बिदा दिने तयारी भएपनि अब तत्काल यो निर्णय नहुने भएको छ । 

कसरी भयो ‘च्याप्टर क्लोज’

हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा सरकारी कार्यालय पूरै बन्द हुने र यसो हुँदा सरकारी राजश्व संकलनमा प्रत्यक्ष असर पर्ने निश्कर्ष सरकारी अधिकारीहरुले मन्त्रीहरुलाई सुनाए ।

अर्थमन्त्री जनार्दन शर्मा २ दिन सरकारी बिदा दिने विषयमा सकारात्मक देखिएपनि अर्थकै अधिकारीहरुले बजेट निर्माणको चरण, राजश्व उठाउनुपर्ने समय र विकास बजेट खर्च गर्ने अवधिमै २ दिन बिदा दिँदा अपजस अर्थ मन्त्रालयमै आउने भन्दै उनलाई कन्भिन्स गराए । 

यति मात्रै नभई, पहिला पनि हप्तामा २ दिन सार्वजनिक बिदा दिईएको र त्यो पूर्णतः असफल भइसकेको नजिर पनि अधिकारीहरुले सुनाए । 

सरकारी अधिकारीले यस्तो निष्कर्ष र विगतको नजिर सुनाएपछि मन्त्रिमण्डल पनि हप्तामा २ दिन बिदा दिने बहस थाती राख्दै निर्णयको कदमबाट पछि हटेको हो । 

सातामा २ दिन बिदा दिने निर्णय नभएपछि मन्त्रिपरिषदको चैत ३० गतेको बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । 

नयाँ आर्थिक वर्षपछि मात्रै बहस

हप्तामा २ दिन बिदा दिने विषय अब असार मसान्तसम्म मन्त्रिमण्डल वा कुनैपनि मन्त्रालयमा छलफल नहुने भएको छ । नयाँ आर्थिक वर्षपछि मात्रै फरक कोणबाट यसबारे बहस गर्न सकिने निकष्र्षमा अधिकारीहरु पुगेको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved