नेपालमा इद सोमबार कि मंगलबार ? निर्क्योल गर्न किन गाह्रो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 04:39:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरुले अरबी पात्रोअनुसार दसौँ महिना अर्थात सव्वालको पहिलो दिन ईद-उल-फित्र अर्थात इद मनाउने गर्दछन्। अरबी पात्रोअनुसार नवौं महिना रमजानको अन्त्यमा मुस्लिम समुदायले इद पर्व मनाउने गर्दछन्।  

मुस्लिम समुदायको महत्त्वपूर्ण पर्वको रुपमा लीने इदको अवसरमा नेपालमा पनि सार्वजनिक विदा दिइन्छ। तर कुन दिन सार्वजनिक विदा दिने भन्ने कुरामा प्रत्येक बर्ष अन्यौल हुने गरेको छ।

धेरै देशका मुसलमानहरुले आफैंले आकाशमा हेर्नुभन्दा पनि चन्द्रमा देखिएको आधिकारिक खबरलाई आधार मान्ने गर्दछन्। कतिपय चाहिँ चन्द्र पात्रोमा आधारित हुने गर्छन् भने अन्यले खोगलशास्त्रीय विश्लेषणका आधारमा नयाँ चन्द्रमा देखिएको घोषणा गर्ने गर्दछन्। र, कैयौँले चाहिँ अर्ध चन्द्रमा आकाशमा देखिएपछि मात्रै नयाँ महिना शुरु भएको भनेर ईद-उल-फित्र मनाउने गर्दछन्।

विश्वभर कहिल्यै पनि एकै दिन ईद पर्व पर्दैन तर एक वा दुई दिनको अन्तरालमा सबैतिरका मुसलमान समुदायले यो चाड मनाउने गर्दछन्। इस्लाम धर्मावलम्बीहरुले चन्द्र पात्रो अनुसरण गर्दछन्, जसको मुख्य आधार चन्द्रमाको अवस्थिति हो। यहि कारणले पनि यहि दिन इद पर्व मनाइन्छ भन्ने यकिन हुन नसकेको हो।

यो बर्षपनि विश्वव्यापी महत्व रहेको यो चाड कुन दिन पर्छ भन्ने टुंगो लगाउन अप्ठेरो देखिएको छ। यस बर्षपनि नेपालमा इद सोमबार कि मंगलबार भन्ने कुराको टुंगो लागिसकेको छैन। 

नेपालमा इद मनाउने दिनमा एक रुपता ल्याउनलाई बिहिबार मात्रै सरोकारवाला पक्षहरुबीच छलफल भएको र आउने आइतबार अर्थात बैशाख १८ गतेको बैठकले केहि निर्णय लिन सक्ने मुस्लिम आयोगका सदस्य महमदीन अलिले बताए। 

उनकाअनुसार आइतबार आकाशमा चन्द्रमा देखियो भने नेपालमा सोमबार इद मनाइनेछ र उक्त दिन सार्वजनिक बिदा हुनेछ। तर आइतबार चन्द्रमा देखिएन भने मंगलबार इद पक्का हुनेछ। 

अरबी पात्रोअनुसार दसौँ महिना सव्वालको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्दछन् । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।  

यसरी दान गरिसकेपछि मात्रै मुस्लिम समुदायहरु इदको नमाज सामुहिक रुपमा पढ्ने गर्दछन्। स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा ।

विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ । यो आशीर्वाद लिने क्रम बिहीबारदेखि तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ र एक अर्काको घरमा पुगेर इदको शुभकामना दिने प्रचलन रहेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved