अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2022 | 12:53:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्मा आफ्नो मुख्य जिम्मेवारी छाडेर जसरी पनि पैसा कमाउने अभियानमा लागेको पाइएको छ । उद्योगी व्यवसायीहरुले मात्र नभई सरकारी निकायका जिम्मेवार व्यक्तिहरुले समेत अर्थमन्त्री कमाउ अभियानमा लागेको बताउने गरेका छन् । 

आसन्न प्रदेश र केन्द्रको चुनावमा र माओवादी केन्द्रमा पनि आफुलाई नेतृत्त्वमा पुर्याउन ठुलो धनराशि चाहिने भन्दै अर्थमन्त्री शर्माले हाकाहाकी आफु अर्थमन्त्रालय मातहतका निकायहरुमा सोही अनुसार नीति बनाएर काम गर्नलाई निर्देशन दिने गरेको स्रोतको दाबी छ ।

‘एउटा काम लिएर अर्थमन्त्रालय गयो, कामको कुरो हुँदैन, कसरी पैसा आउँछ भन्ने प्रश्न मात्र सुन्नुपर्छ’ अर्थ मातहतको एक निकायका जिम्मेवार कर्मचारीले बिजपाटीलाई भने, ‘कुर्सी बचाउनका लागि पनि गलत निर्णय गर्न बाध्य भएका छौं, साथीहरु नबुझी हाम्रो आलोचना गर्छन् ।’ 

जनार्दन शर्मा अर्थमन्त्री भए लगत्तै ‘जसरी पनि पैसा कमाउ अभियान’मा लागेको स्रोतको दाबी छ । 

स्रोत भन्छ, ‘अर्थमन्त्री कमाउने अभियानमा छन् कि अर्थतन्त्र बनाउने अभियानमा छन् भन्ने कुरा उहाँ अर्थमन्त्री भए पछि उहाँले गरेका निर्णयहरु र उहाँका गतिबिधिहरु नियाले पुग्छ। अर्थमन्त्री शर्माले पछिल्लो समय शाहील अग्रवाल र उनको ुक्लोजु सर्कल लाई रिझाएर पैसा कमाईरहेका छन् । स्पन्ज आइरन ल्याउनेलाई भन्सार र अन्तशुल्क छुट दिएर होस्, वा सुपारी उद्योग मार्फत सुपारी ल्याउन दिने निर्णय गरेर होस् वा अहिले नेपाल रि इन्स्योरेन्सको व्यवसाय खोसेर हिमालयन रि लाई दिने निर्णय होस्, यी सबै निर्णय र यसबाट लाभ लिने व्यवसायीलाई एक ठाउँमा राखेर हेर्नुहोस् अर्थमन्त्रीको कर्तुत छर्लंग हुन्छ ।’  

अर्थमन्त्री जनार्दन शर्मामाथि स्रोतले लगाएको आरोप पुष्टि हुने देखिन्छ । नेपालमा स्पन्ज आइरन ल्याएर स्टिल बनाउने व्यवसायीहरुमा शाहील अग्रवाल र उनी निकट अन्य व्यवसायीहरु मात्र छन्। 

अर्थमन्त्री जनार्दन शर्माको निर्णयबाट लाभ लिएकाहरुमा शाहील अग्रवालको जगदम्बा स्टिल, बिष्णु न्यौपानेको सर्वोत्तम स्टिल, बिष्णु न्यौपानेको दाईको अम्बे स्टिल, अशोक र पशुपति मुरारकाको अशोक, नारायणी र लक्ष्मी स्टिल हुन् ।

यी ६ वटा कम्पनीलाई स्पन्ज आइरनमा भन्सार र अन्तशुल्क छुट दिंदा एक बर्षमा नेपाललाई झन्डै २० अर्ब घाटा भएको छ भने यी ६ वटा उद्योगीलाई रिझाउँदा नेपालका अरु ९० अर्ब रुपैयाँ बराबरको लगानी भएका २६ वटा स्टिल कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन् । 

‘स्पन्ज आइरन ल्याएर स्टिल बनाउने यी ६ वटा उद्योगलाई जति समयसम्म भन्सार र अन्तशुल्क छुट दियो, त्यति बेलासम्म नेपालको ढुकुटी रित्तिदै गएको छ, र अर्थमन्त्रीको गोजी त्यति नै भरिदै गएको छ’ स्रोत भन्छ ।

त्यस्तै झन्डै ४५ प्रतिशत सरकारी स्वामित्व रहेको नेपाल री इन्स्योरेन्सले पाउँदै आएको झन्डै ३ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यवसाय हिमालयन रिले पाउने गरि निर्णय गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषदले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत आरक्षित पुनर्बीमा व्यवसाय हिमालयन रि ले पाउनेगरि निर्णय गरेको हो ।

बार्षिक ३ अर्ब ५० करोडको व्यवसायी सुरक्षित भएको ‘हिमालयन रि’मा पनि शाहील र शुलभ अग्रवालको सेयर स्वामित्व धेरै रहेको छ। आफ्नो नाम मात्र नभई बिभिन्न अरु कम्पनी खडा गरेर त्यस कम्पनी मार्फत यी दुई भाई र यिनीहरु निकट व्यवसायीहरुको लगानी रहेको छ।

शुलभ अग्रवाल तिनै व्यक्ति हुन्, जो कोरोनाको महामारीको समयमा अत्याधिक मूल्य लिएर थर्मल गन बिक्रि गर्दागर्दै रंगेहात समातिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved