अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 29, 2022 | 01:20:01 PM मा प्रकाशित

laxmi sunrise bank

फलाम उत्पादनका २ प्रविधि छन् । आर्स फर्नेन्स र इन्डक्सन फर्नेन्स । आर्स फर्नेन्स प्रविधिको तुलनामा इन्डक्सन फर्नेन्स सयौ गुणा बढी हानिकारिक मानिन्छ।

आर्स फर्नेन्स मानव स्वास्थ्यका लागि हानिकारक मानिँदैन । तर, इन्डक्सन फर्नेन्स निकै घातक हुने भएकाले विश्वका धेरै देशहरुले यो प्रविधि अपनाउन छोडिसकेका छन् । विश्वकै सबैभन्दा बढी फलाम र फलामजन्य कच्चा पदार्थ निर्यात गर्ने नेपालको छिमेकी देश चीनले पनि इन्डक्सन 

फर्नेन्स प्रविधि बन्द गरिसकेको छ । फिलिपिन्स र इन्डोनेशीयाले पनि यो प्रविधि बन्द गराईसकेका छन् । भारतमै पनि सरकारका प्राविधिकको उच्च निगरानीमा मात्रै यो प्रविधि चलाउँदै आईएको छ।

नेपालमा संचालनमा रहेका ३२ वटा उद्योगहरु मध्ये ६ वटाले स्पन्ज आइरन ल्याएर इन्डक्सन फर्नेंसको प्रविधिबाट बिलेट बनाएर त्यसबाट फलाम तथा डण्डी बनाउने गर्दछन। बाँकी २६ वटा उद्योगहरुले विदेशमा नै आर्स फर्नेंस प्रविधिबाट बनेका बिलेट आयात गरि फलाम बनाउने गर्दछन्। 

विश्वका अधिकांश देशहरुले समेत प्रतिबन्ध लगाईसकेको इन्डक्सन फर्नेंसको प्रविधिबाट बिलेट बनाउने शाहील अग्रवाल सहित ६ वटा उद्योगहरुनै संरक्षण गर्नेगरि अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक बर्षको प्रस्थापन बजेटमार्फत संरक्षण तथा प्रोत्साहन दिएका छन्।  

शर्माले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइनरको आयातमा भन्सार र अन्तशुल्क छुट दिएर विश्व औद्योगिक क्षेत्रबाटै बिदा हुँदै गएको इन्डक्सन फर्नेन्स प्रविधिलाई प्रोत्साहन गरिदिएका हुन्।

 तयारी बिलेटको आयातमा ४.७५ प्रतिशत भन्सार र अन्तशुल्क प्रतिटन १ हजार ६ सय ५० रुपैयाँबाट बढाएर २ हजार ५ सय रुपैयाँ बनाएका शर्माले मानव स्वास्थ्यका लागि हानिकारक मानिएको इन्डक्सन फर्नेन्स प्रविधिलाई प्रोत्साहन गर्ने नीति लिए। 

किनकी, नेपालका उद्योगहरुले ल्याउने ‘प्राइम बिलेट’ आर्स फर्नेस प्रविधिमार्फत बनेको हुन्थ्यो । तर, स्पञ्ज आइरन ल्याएर बिलेट उत्पादन गर्ने उद्योगहरुसँग भएको प्रविधि इन्डक्सन फर्नेन्स प्रविधि हो।