अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमा पनि कर छुटको बहानामा व्यापारी पोस्ने काम गरेका छन्। चालू आर्थिक बर्षको झैं आगामी आर्थिक वर्षको बजेटमा पनि उनले पहिलो बजेटमै पोसेका व्यवसायीलाई पोस्ने कामलाई निरन्तरता दिएका हुन्।
आर्थिक वर्ष २०७८-७९ मा प्रतिस्थापन बजेट मार्फत जुन व्यवसायी समुहलाई उनले पोस्ने काम गरेका थिए, आगामी आर्थिक वर्षको लागि यहि जेठ १५ गते ल्याएको बजेटमा पनि उने तिनै व्यवसायीलाई पोस्ने काम गरेका हुन्।
यस अगाडीको बजेटमा स्पन्ज आइरन ल्याएर बिलेट उत्पादन गरि फलाम तथा डण्डी बनाउने उद्योगलाई भन्सार र अन्तशुल्क छुट दिने निर्णय गरेर उनले एउटा समुहलाई ठुलो आर्थिक लाभ दिएका थिए। अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्ष २०७९-८० को लागि ल्याएको बजेटमा पनि सोहि समुहलाई नै करोडौं फाइदा हुनेगरि व्यवस्था गरेका छन्।
यस अगाडीको बजेटमा जसरी स्पन्ज आइरनमा भन्सार र अन्तशुल्क छुट दिएर अर्थमन्त्री शर्माले व्यवसायी शाहील अग्रवाल र बिष्णु न्यौपाने समुहलाई वार्षिक डेढ अर्ब फाइदा हुने निर्णय गरे। त्यसैगरि अहिले पनि अर्थमन्त्री शर्माले मासिक १० करोडको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशत शुल्क छुट दिने निर्णय गरेर शाहील अग्रवाल र बिष्णु न्यौपाने समुहलाई मासिक डेढ करोड र बार्षिक १८ करोड फाइदा हुने व्यवस्था गरिदिएका हुन्।
यस अगाडीको बजेटमा पनि अर्थमन्त्री शर्माले स्पन्ज आइरन उद्योगलाई भन्सार र अन्तशुल्क छुट दिने नाममा शाहील अग्रवालको शंकर ग्रुप र बिष्णु न्यौपानेको सौरभ ग्रुप लगायतका अरु ४ उद्योगीलाई बार्षिक डेढ अर्ब भन्दा बढी कर छुट दिएका थिए। अर्थमन्त्री शर्माले अहिलेको बजेटमा पनि मासिक १० करोडको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने निर्णय गरेर शाहील अग्रवालको शंकर ग्रुप र बिष्णु न्यौपानेको सौरभ ग्रुपलाई झन्डै १८ करोड करोड छुट दिएका हुन्।
कर छुटको नाममा दुई पटकको बजेटबाट अर्थमन्त्री शर्माले आफु निकट शाहील अग्रवाल र उनको समुहलाई झन्डै २ अर्ब माथि कर छुट दिएका छन्।
जसरी प्रतिस्थापन बजेटमा स्पन्ज आइरन उद्योगलाई भन्सार र अन्त शुल्क छुट दिँदा बिद्युत खपत बढ्ने र रोजगारी बढ्ने तर्क अगाडी सारेका अर्थमन्त्री शर्माले अहिले पनि कर छुट दिने निर्णयले विद्युत खपत बढ्ने तर्क दिने गरेका छन्।
स्पन्ज आइरनलाई भन्सार र अन्तशुल्क छुट दिने उनको निर्णयले नेपालमा झन्डै १०० अर्ब भन्दा बढीको लगानी भएका अरु २४ वटा फलाम तथा डण्डी उद्योग (बिलेट ल्याएर फलाम र डण्डी बनाउने उद्योग) प्रत्यक्ष मारमा परेका छन्। स्पन्ज आइरन ल्याएर बिलेट बनाएर फलाम बनाउने उद्योगले तुलानाताम्क रुपमा बिलेट ल्याएर फलाम बनाउने उद्योग भन्दा केहि बढी बिजुली बढी खपत गरेपनि त्यसको भिन्नता धेरै देखिएको छैन।
त्यसैगरि अहिले पनि मासिक १० करोड भन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई १५ प्रतिशत बिद्युत महशुल शुल्कमा छुट दिने निर्णयले यी दुई व्यवसायी मात्रै लाभान्वित भएका छन्। नेपालमा मासिक १० करोड भन्दा बढी बिद्युत खपत गर्ने उद्योगहरुमा शाहील अग्रवालको शंकर ग्रुपले उत्पादन गर्ने जगदम्बा स्टिल र बिष्णु न्यौपानेको सौरभ ग्रुपले उत्पादन गर्ने सर्वोत्तम स्टिल मात्रै रहेका छन्।
मझौता तथा ठुला अन्य उद्योगहरुले पनि विद्युत महाशुल्क शुल्कमा छुट पाउनुपर्नेमा मासिक १० करोडको थ्रेस होल्ड लगाएर अर्थमन्त्री जनार्द शर्माले यी दुई व्यवसायी समुहलाई पोस्ने काम गरेर अर्थमन्त्रालय नै गन्हाउने काम गरेको जानकारहरुको भनाई छ।
यस अघि:
- अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार
- अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ?
- अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई
- जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’
- साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे
- अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा