साहिल समूह पोस्न देउवा सरकारले गर्यो डण्डीको गुणस्तरमा सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2022 | 11:11:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट सार्वजनिक भएपछि अर्थमन्त्री जनार्दन शर्माले स्वार्थ समूहको अनुकुल हुने गरी नीतिहरु ल्याएको छताछुल्ल भईसकेको छ । ठूला व्यापारिक घरनाहरुलाई ठूलो रकम लाभ दिलाउन अर्थमन्त्री शर्माले ठूलै रकम लिएर ‘नीतिगत भ्रष्टाचार’ गरेको सत्ता पक्षकै नेताहरुले बताईसकेका छन् ।

बजेट भाषणको अघिल्लो दिन जेठ १४ गते पूर्व नायब सुब्बा र अर्का एक जनालाई मन्त्रालयमा बोलाएर आफूलाई लाभ हुने गरी केही घरानालाई फाइदा पुग्ने गरी कर तथा राजस्वका दरहरु हेरफेर गरेको सार्वजनिक भएपछि अर्थमन्त्रस् शर्मा अहिले ‘नैतिक कठघरा’मा उभिएका छन् । यस विषयमा ढाकछोप गर्न खोजेपनि उनले सकेका छैनन् ।

यसरी लाभ लिने एउटा स्वार्थ समूह हो शंकर ग्रुप । जगदम्बा स्टिल र यो ग्रुपका अन्य व्यापारमा अर्थमन्त्री शर्माले सोझै लाभ दिएका छन् । चालु आर्थिक वर्षको बजेटमार्फत साहिल अग्रवालको जगदम्बा स्टिललाई स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिएका अर्थमन्त्री शर्माले आगामी वर्षको बजेटमार्फत मासिक १ करोड ५० लाखको बिजुली छुट दिने घोषणा नै गरिदिए ।

साहिलले नै रोके बिलेटको गुणस्तर

हाल स्पञ्ज आइरनको आयात गरेर यहीँ बिलेट बनाउने उद्योग २ वटा मात्रै छन् । साहिल अग्रवालको जगदम्बा र विष्णु न्यौपानेको सर्वोत्तम। यी २ उद्योगीले प्रभावमा पारेपछि नै अर्थमन्त्री शर्माले स्पञ्ज आइरनको आयातमा भन्सार छुट दिने घोषणा गरेका थिए । हाल स्पञ्ज आयात गर्न सुरु गरेको अर्को उद्योग हो श्री स्टिल । 

स्पञ्ज आइरनको आयातमा अर्थमन्त्रीले नीतिगत रुपमै स्वार्थ समूहलाई लाभ दिलाईदिएको र यसवापत मन्त्री शर्माले पनि सोही अनुसारको लाभ लिईरहेको तथ्य सार्वजनिक भईसकेको छ। 

यसबारे अर्को कुरा के पनि खुलेको छ भने, बिलेटको नेपाल गुणस्तर (एनएस) नै छैन। स्पञ्ज आइरन ल्याएर बिलेट बनाउने र स्पञ्जको आयातमा भन्सार र अन्तःशुल्क छुट लिँदै आएका साहिल अग्रवालको समूहले नै बिलेटमा एनएस नतोक्न लविङ गरिरहेको पाईएको हो । 

नेपाल गुणस्तर तोकिँदा नेपालमा बन्ने बिलेटबाट ५००डी फलामे डण्डी नबन्ने र ठूला पूर्वाधारमा ५००डी नै अनिवार्य भएकाले साहिल अग्रवालहरुले बिलेटमा गुणस्तर तोक्न नदिएको स्रोत बताउँछ ।

‘५००डी बनाउन प्राइम बिलेट चाहिन्छ, अहिले स्पञ्ज ल्याएर नेपालमा बिलेट उत्पादन गरिरहेका उद्योगहरुसँग प्राइम बिलेट उत्पादन गर्ने प्रविधि नै छैन’ स्रोत भन्छ, ‘नेपाल गुणस्तर कायम भएपछि त ‘हामीले उत्पादन गरेको बिलेट प्राइम बिलेट नै हो’ भनेर दाबी गर्नेहरुले अब त्यो भन्न नपाउने भए, एनएस तोकिएपछि त मुखले भनेर हुँदैन प्राविधिक जाँचबाट पुष्टि हुनुपर्छ, त्यो पुष्टि हुने कुरा भएन, किनकी अहिले स्पन्ज ल्याएर नेपालमै बिलेट बनाउने उद्योगसँग प्राइम बिलेट बनाउने प्रविधि नै छैन । कन्ट्रोल केमेस्ट्री पनि बन्दैन, केवल सेकेण्डरी मात्रै हो ।’

गत वर्ष सिमेन्टमा ४३ र ५३ ग्रेडको एनएस बन्दा डण्डी बनाउन अत्यावश्यक बिलेटको पनि नेपाल गुणस्तर तोकिने कुरा आएको थियो । तर, साहिल अग्रवालहरुले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयमा ताकेता गरेर बिलेटको गुणस्तर तोक्न नदिएको दाबी स्रोतले गरेको छ ।

यति मात्र होइन,  अब सरकारले दबाब महशुस गरेर स्पञ्ज आयातमा अन्तःशुल्क र भन्सार मध्ये एउटा मात्रै छुट दिन सक्ने अनुमानसहित साहिल अग्रवालहरु ‘पत्रु’ आयात गरेर स्पञ्ज आइरन नै यहीँ बनाउने र पत्रुको आयातमा भन्सार र अन्तःशुल्क नलगाउन शक्ति केन्द्रलाई आर्थिक प्रलोभन देखाउन थालिसकेको बताईन्छ ।

बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

-अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार 

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

-दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटस् दुई व्यापारीलाई २ अर्ब छुट

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ? 

-  जगदम्बाको गुणस्तरहीन डण्डी फिर्ता, बनिसकेका घरको जिम्मा कसले लिने ?

गुणस्तरहीन डण्डी उत्पादन गरेको विशाल ग्रुप स्पष्टिकरण बुझाएर पन्छिँदै 

-  जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved