कमिशन दिलाउन नसकेपछि आफैँले नियुक्ति गरेका हाकिमलाई मन्त्री आलेद्वारा कुटपिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 09:38:08 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विवादास्पद छविका युवराज अधिकारीलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए । २०७८ कार्तिकमा मन्त्री आलेले निगमकै पूर्व कर्मचारी अधिकारीलाई नियुक्ति दिलाएका थिए ।

त्यतिबेला नै गलत व्यक्तिलाई निगमको कार्यकारी अध्यक्ष बनाएको भन्दै आलोचना भएको थियो । तर, मन्त्री आलेले यस सम्बन्धमा सार्वजनिक मञ्चमा कतै बोलेनन् ।

ठूलो रकम हत्याउने सेटिङमा ल्याईएका अधिकारीसँगै मन्त्री आलेको सम्बन्ध चिसिन थाल्यो । नयाँ जहाज खरिद, ग्राउण्डेड भएका चिनियाँ जहाँज (जुन चलाईयो भने निगमले दैनिक करोडौँ घाटा ब्यहोर्नुपर्नेछ)लाई उडान गराउन र निगमका जहाजको मर्मतमा सेटिङ मलिाएर कमिशन कुम्लयाउने मन्त्री आलेको सेटिङ अनुसार अध्यक्ष अधिकारीले काम गर्न नसकेपछि उनीहरुबीच सम्बन्ध चिसिँदै गएको थियो ।

यसअघिः
आलेको सेटिङमा निगमको ट्वीनअटर जहाज भाडामा, सबै विवरण गोप्य

साउदी अरबको रियादका लागि निगमले गरेको पहिलो उडानमा जम्बो टोली लगेको भन्दै आलेले अध्यक्ष अधिकारीसँग सार्वजनिक रुपमै असन्तुष्टि जनाएका हुन् ।

ट्वीनअटर जहाज भाडामा लगाउँदाको कमिशन थोरै भएपछि हातपात

निगमसँग २ वटा ट्वीनअटर जहजा थिए । ती जहाजमध्ये एउटा जहाज मन्त्री आलेले सेटिङ मिलाएर निजी कम्पनीलाई भाडामा दिएका थिए । तर, यस विषयमा निगमका कसैलाई पनि बोल्न दिईएको थिएन ।

भाडामा दिईएको जहाज पोखरालाई बेश बनाएर चार्टर उडानमा प्रयोग गरिएको थियो । तर, कुन कम्पनीलाई कति भाडामा दिईएको भन्ने विवरण गोप्या राखिएको थियो ।

यसअघिः
७० करोड कमिशन खाने दाउमा मन्त्री आले, ३ सदस्यलाई छिर्नै नदिई गराए निगमको बोर्ड बैठक

स्रोतले दिएको जानकारी अनुसार दैनिक उडान गर्दा ८ वटा सम्म उडान गर्न सक्ने उक्त जहाजले १२ लाख रुपैयाँ आम्दानी गर्न सक्थ्यो । तर, मन्त्री आलेले दैनिक ६ लाखमा भाडामा दिएको स्रोत बताउँछ ।

निगमको उक्त विमान चार्टर गरेर उडाईरहेको कम्पनीले पोखरा–जोमसोम–पोखरा उडानमार्फत ३ लाख २० हजार रुपैयाँ कमाउँदै आएको छ । तर, निगममा भने उक्त रुट पोखरा–जोमसोम–पोखरा उडानबाट १ लाख ३० हजार मात्रै आउने गरेको छ ।

यहीँ विषयमा मन्त्री आलेले आफूले चाहेजति कमिशन नपाएपछि निगमका अध्यक्ष अधिकारीमाथि अपशब्द प्रयोग गरेर हातपात नै गरेका छन् । स्रोतले भने मन्त्री आलेले दैनिक १ लाख कमिशन पाउने गरी जहाज भाडामा लगाएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved