खुलेयाम अवैध धन्दा चलाउँदै ‘इन–ड्राइभर’, जोखिममा यात्रु

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 11, 2022 | 10:31:11 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी राइड सेयरिङ एप इन–ड्राइभरले बिना कुनै अनुमति नेपालमा अवैध धन्दा चलाईरहेको खुलेको छ । वेभसाइट हेर्दा विश्वका ४२ देशमा सञ्चालनमा रहेको भनिएको इन–ड्राइभरले नेपाली बजारमा कुनै पनि प्रक्रिया पूरा नगरी खुलेयाम ब्यापार गरिरहेको छ ।

नेपालमा विदेशी कम्पनी सञ्चलान, विदेशी लगानी ल्याउने प्रक्रिया लगायतका कुनै पनि कुरा पूरा नगरी केवल एपका भरमा इन–ड्राइभर चलिरहेको छ । राइड सेयरिङ कम्पनीको सञ्चालन कार्यविधि नबनेको फाइदा उठाउँदै ‘दलाली’समेत गर्न पाउने गरी इन–ड्राइभरले अवैध रुपमा धन्दा चलाईरहेको छ ।

ऐन, नियम तथा कार्यविधिकै अभावका बीचमा पनि राइड सेयरिङ कम्पनीहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर चल्न पाउने अवस्था छ । तर, इन–ड्राइभर नाम गरेको वा इन–ड्राइभरमार्फत राइड सेयरिङ सेवा दिने गरी कुनै पनि कम्पनी हालसम्म कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छैन ।

एकातिर कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छैन भने अर्कोतिर विदेशी लगानी ल्याउने प्रक्रिया पनि पूरा गरेको छैन । विदेशी लगानी ल्याउन लगानी बोर्डबाट स्वीकृति लिनुपर्छ । तर, इन–ड्राइभरले यसका लागि निवेदन समेत दिएको छैन ।

लगानी बोर्डका प्रवक्ता अमृत लम्सालका अनुसार इन–ड्राइभरको नाममा विदेशी लगानी ल्याउन बोर्डमा कुनै माग नै भएको छैन । 

न कार्यालय छ, न सम्पर्क व्यक्ति छन्

इन–ड्राइभर नामको राइड सेयरिङ एप नेपालमा कहिलेदेखि सुरु भयो भन्ने पनि कतै रेकर्ड छैन । खुलेयाम ब्यापार भईरहे पनि यसको सम्पर्क कार्यालय कहाँ छ कसैलाई पत्तो छैन । 

यतिसम्म की, इन–ड्राइभरको नेपालका लागि सम्पर्क व्यक्ति को हुन् भन्ने पनि कतै जानकारी छैन । यदि इन–ड्राइभरको विषयमा केही सोधपुछ गर्नुपर्यो भने कसलाई सोध्ने भन्ने सम्मको सामान्य आधारभूत आवश्यकता समेत पूरा नगरी इन–ड्राइभरले धमाधम कमाउ धन्दा चलाईरहेको छ ।

अर्कोतर्फ, दर्ता प्रक्रिया पूरा त के, सुरु समेत नगरेको भएकाले राइडर, यात्रु र सवारी साधनको बीमा हुने त झन कुरै भएन ।

दुर्घटना भएपछि राइडर फरार

जेठ २६ गते बिहीबार दिउँसो राइड सेयरिङ एप्स ‘इन–ड्राइभर’ मार्फत मेनुका गुरुङलाई लिएर हुईकिएको मोटरसाइकल जडिबुटीमा ट्याक्सीमा ठोक्कियो । ट्याक्सीको बम्पर उक्कियो । यात्रु मेनुकाको खुट्टामा गम्भीर चोट लाग्यो ।

तर, ‘ट्याक्सीमा कति क्षति भएको रहेछ हेर्छु’ भनेर यसो कोल्टे लागेका चालक दुर्घटनामा परेकी यात्रुलाई त्यहीँ छोडेर मोटरसाइकल लिएर टाप कसे ।

इन–ड्राइभर नेपालका कुनैपनि आधिकारिक निकायमा दर्ता नभएको कारण मेनुका गुरुङले यो घटनाबारे कतै उजुरी गर्न पाइनन् । न क्षतिपुर्ति नै पाईन्, न उपचार नै पाईन् । अन्त्यमा उनले बाध्य भएर इन–ड्राइभर प्रयोग नगर्न अनुरोध गर्दै फेसबुकमा स्टाटस लेखिन् ।

यो घटनाले पनि नेपालमा इन–ड्राइभर एप असुरक्षित रहेको देखाउँछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved