‘इन–ड्राइभर’माथि अनुसन्धान सुरु, ‘राइडर’ पनि समातिन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 01:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा अवैध ब्यापारिक धन्दा चलाईरहेको राइड सेयरिङ एप ‘इन–ड्राइभर’माथि चौतर्फी रुपमा अनुसन्धानको सुरु हुन थालेको छ । बिजपाटी डटकमसहित सञ्चार माध्यमहरुले इन–ड्राइभर नेपालमा अवैध रुपमा चलिरहेको भन्दै निरन्तर समाचार प्रकाशित गरेपछि यस विषयमा अनुसन्धान सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस सम्बन्धमा छानबिन र अनुसन्धान गर्न प्रहरीलाई पत्र नै पठाईसकेको छ । जिल्ला प्रशासनले काठमाडौँ प्रहरी परिसरलाई पत्र पठाएको हो । सूचना अधिकारीसमेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलका अनुसार परिसरलाई पत्र पठाईएको हो ।

प्रहरीले यस सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको छ । केही दिनमै परिसरबाट अनुन्धानको रिपोर्ट आउनेछ । प्रहरीले अनुसन्धानका लागि हाल ‘इन–ड्राइभर’ एप चलाईरहेका चालक (राइडर)हरुलाई पनि पक्राउ गर्न सक्नेछ ।

साइबर ब्यूरोले बन्द गराउने

काठमाडौँ प्रहरी परिसरले अनुसन्धान गरेर प्रहरीले यस सम्बन्धमा साइबर ब्यूरोमा आवश्यक प्रक्रियाका लागि पेश गर्नेछ । त्यस लगत्तै साइबर ब्यूरोले नेपालभरी चल्न नमिल्ने गरी एप्स बन्द गराउनेछ । 

यसअघिः
इन–ड्राइभरः चोरी र अपहरणपछि नाइजेरियामा प्रतिबन्ध, मेक्सिकोमा राइडरलाई नै जरिवाना

यद्यपी, सम्बन्धित व्यक्ति पक्राउ गरिए उनलाई नगद जरिवाना गराउने अधिकार भने प्रमुख जिल्ला अधिकारीलाई हुन्छ । यदि अनुसन्धानका लागि इन–ड्राइभरमार्फत यात्रु बोक्नेहरुलाई प्रहरीले पक्राउ गर्यो र अनुसन्धानको रिपोर्टका आधारमा जरिवाना तिराउनुपर्ने देखिए प्रमुख जिल्ला अधिकारीले इन–ड्राइभर चलाउनेहरुलाई पनि नगद जरिवाना गर्न सक्नेछन् । 

‘परिसरले अनुसन्धान गरिरहेको छ, परिसरबाट साइबर ब्यूरोमा पत्र आउनासाथ ब्यूरोले तत्कालै उक्त एप बन्द गराउँछ’ स्रोतले भन्यो, ‘परिसरले अनुसन्धानमा पनि ब्यूरोबाट सहयोग चाहियो भनेको अवस्थामा ब्यूरोले नि अनुसन्धानमा सघाउँछ । तर नगद जरिवानाको अधिकार भने सीडीओ सापलाई हुन्छ ।’

तर, नगर जरिवानाका लागि उक्त एप नेपालमा कसले भित्र्याएको हो भन्ने नखुलेका कारण व्यक्ति पक्राउ पर्ने सम्भावना न्यून छ । यद्यपी, अनुसन्धानबाट नेपालमा यो एप्स भित्र्याउने पात्र पनि खुल्ने र उनी पनि समातिनेमा प्रहरी, ब्यूरो र प्रशासन आशावादी देखिएका छन् ।

डाउनलोड भएका मोबाइलको ‘आईएमईआई’ नम्बर हेरिँदै

हाल नेपालमा इन–ड्राइभर एप कति डाउनलोड भएको छ, डाउनलोड भएका मोबाइलको ‘आईएमईआई’ नम्बर कति कति हो र ति मोबाइलका धनी को को हुन् भन्ने पत्ता लगाउने काम भईरहेको स्रोतले बताएको छ ।

यो पनिः
खुलेयाम अवैध धन्दा चलाउँदै ‘इन–ड्राइभर’, जोखिममा यात्रु

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved