इन–ड्राइभर: अवैध पनि असुरक्षित पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2022 | 11:36:48 AM मा प्रकाशित

laxmi  sunrise bank

राइड सेयरिङ एप ‘इन–ड्राइभर’माथि अनुसन्धान सुरु भएको छ । काठमाडौँ प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । 

अमेरिकन राइड सेयरिङ कम्पनी इन–ड्राइभरले नेपालमा अवैध रुपमा ब्यापारिक धन्दा चलाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गुनासो पुगेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।  

नेपालमा विदेशी लगानी ल्याउँदा पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरेको, कम्पनी दर्तासमेत नरहेको र कार्यालय पनि नभएकाले इन–ड्राइभर अनुसन्धानमा तानिएको हो । 

‘विदेशी लगानी भित्र्याउने प्रक्रिया सुरु गरेकै छैन’

नेपालमा विदेशी लगानी भित्र्याउने आफ्नै प्रक्रिया छ । यसका लागि सुरुमा कम्पनी दर्ता हुनुपर्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएपछि विदेशी लगानी ल्याउने हो भने उद्योग विभागमा पुग्नुपर्छ । 

उद्योग विभागको ‘प्रत्यक्ष वैदेशिक लगानी व्यवस्थापन शाखा’मा कुन देशबाट कति लगानी भित्र्याउने र त्यसबाट कति अवधिभित्र कति जना नेपालीले रोजगारी पाउँछन् भन्ने विषय उल्लेख गर्नुपर्छ ।

यो पनिः
‘इन–ड्राइभर’माथि अनुसन्धान सुरु, ‘राइडर’ पनि समातिन सक्ने

विभागबाट आवश्यक प्रक्रिया पूरा गरेपछि विदेशी लगानी स्वीकृतिका लागि लगानी बोर्डमा कम्पनीका तर्फबाट निवेदन दिनुपर्छ । लगानी बोर्डले त्यसको सम्भाव्य अध्ययन गरेर मात्रै विदेशी लगानी ल्याउन स्वीकृति दिन्छ ।

तर, अमेरिकन राइड सेयरिङ कम्पनी इन–ड्राइभरले यी कुनैपनि काम सुरु गरेकै छैन । विदेशी लगानी ल्याउन लगानी बोर्डबाट स्वीकृति लिनुपर्छ । तर, इन–ड्राइभरले यसका लागि बोर्डमा कुनै निवेदन समेत दिएको छैन । 

लगानी बोर्डका प्रवक्ता अमृत लम्सालका अनुसार इन–ड्राइभरको नाममा विदेशी लगानी ल्याउन बोर्डमा कुनै माग नै भएको छैन ।

यसअघिः
खुलेयाम अवैध धन्दा चलाउँदै ‘इन–ड्राइभर’, जोखिममा यात्रु

उता राष्ट्र बैंक पनि यसबारे अनविज्ञ छ । प्रत्यक्ष वैदेशिक लगानीमार्फत प्रक्रियागत ढंगले नआएको हुनाले इन–ड्राइभरका सम्बन्धमा राष्ट्र बैंक जानकार हुने कुरा पनि भएन ।

अर्कोतर्फ, उसले शून्य कमिशन लिन्छ । राइडरहरुले जति कमाएपनि कमिशन तिर्नुपर्दैन । कमिशन नै नलिएकाले उसले पैसा नलैजाने भएकाले राष्ट्र बैंकको स्वीकृति पनि उसलाई अहिले चाहिएको छैन । 

कार्यालय नै नहुँदा ‘सुरक्षामा चूनौति’ 

इन–ड्राइभर अहिले एपका भरमा चलेको छ । यसको नेपालमा कहीँकतै कार्यालय छैन । कार्यालय समेत नहुँदा यसले सुरक्षामा चूनौति थपेको छ । एक हिसाबले भन्ने हो भने नेपालको सुरक्षा प्रणालीलाई चूनौति नै दिएको छ ।

यो पनिः
इन–ड्राइभरको अवैध धन्दाबारे प्रशासनमा गुनासो, सीडीओ कार्यालयले प्रहरीलाई लेख्यो पत्र

चालक र यात्रुको बीमा पनि हुने कुरा भएन । कथमकदाचित दुर्घटना भइहाल्यो भने प्रयोगकर्ताले को विरुद्द उजुरी दिने ? यसको ज्वलन्त उदाहरण मेनुका गुरुङ हुन् ।

जेठ २६ गते बिहीबार दिउँसो इन–ड्राइभरमार्फत मेनुका गुरुङलाई लिएर हुईकिएको मोटरसाइकल जडिबुटीमा ट्याक्सीमा ठोक्कियो । ट्याक्सीको बम्पर उक्कियो । यात्रु मेनुकाको खुट्टामा गम्भीर चोट लाग्यो ।

तर, ‘ट्याक्सीमा कति क्षति भएको रहेछ हेर्छु’ भनेर यसो कोल्टे लागेका चालक दुर्घटनामा परेकी यात्रुलाई त्यहीँ छोडेर मोटरसाइकल लिएर टाप कसे ।

इन–ड्राइभर नेपालका कुनैपनि आधिकारिक निकायमा दर्ता नभएको कारण मेनुका गुरुङले यो घटनाबारे कतै उजुरी गर्न पाइनन् । न क्षतिपुर्ति नै पाईन्, न उपचार नै पाईन् । अन्त्यमा उनले बाध्य भएर इन–ड्राइभर प्रयोग नगर्न अनुरोध गर्दै फेसबुकमा स्टाटस लेखिन् ।

यो घटनाले पनि नेपालमा इन–ड्राइभर एप असुरक्षित रहेको देखाउँछ ।

यो पनिः
इन–ड्राइभरः चोरी र अपहरणपछि नाइजेरियामा प्रतिबन्ध, मेक्सिकोमा राइडरलाई नै जरिवाना

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved