अनियन्त्रित रुपमा बढेको जग्गाको मूल्यवृद्धि रोक्न कति सम्भव ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 24, 2022 | 03:02:58 PM मा प्रकाशित

laxmi  sunrise bank

जग्गाको भाउ अचाक्ली बढेका कारण देशमा औद्योगिक वातावरण क्रमशः बिग्रदै गएको आवाज बेलाबखत नीजि क्षेत्रबाट उठ्ने गरेको छ । विशेषरी उत्पादनजन्य उद्योगहरुका लागि प्लान्ट अथवा मेशिन औजार राख्ने जमिन खरिद गर्न लगानीकर्ताहरुलाई हम्मे छ । 

भाडामा लिँदा व्यक्तिको जमिन लिन सकिने अवस्था नरहेको र सरकारी जग्गा ४० वर्षसम्म भाडामा लिन मिल्ने प्रावधान भर्खरै आएको भएपनि प्रक्रिया अझै स्पष्ट भईनसकेको उद्योगीहरु बताउँछन् । सरकारी जमिनको मूल्यांकन पनि नीजि जमिन सरह हुने भएकाले औद्योगिक वातावरण बिग्रदै गएको उनीहरुको भनाई छ ।

जग्गाको भाउ स्थिर राख्न सम्भव छ ?

मौद्रिक नीतिका सम्बन्धमा चार्टड एकाउण्टेन संघले होटल अलफल्टमा राखेको कार्यक्रममा एक जना सीएले जग्गाको भाउ बढ्दा उद्योगधन्दाहरु अपेक्षा अनुसार आउन नसकेको बताएका थिए । कुनै पनि उद्योग सुरु गर्न जग्गामा नै अत्याधिक लगानी गर्नुपर्ने भएकाले नयाँ नयाँ उद्योगहरु आउन नसकेको तर्क उनको थियो ।

जग्गाको भाउ बढ्न नदिन सम्भव छ त ? यस विषयमा भने लामो बहस आवश्यक रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सोही कार्यक्रममा बताएका थिए । घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको ठूलो लगानी गएकाले जग्गाको मूल्य घट्ने खालका नीति अख्तियारी गर्दा बैंकहरुलाई समस्या पर्ने भएकाले सबैभन्दा उत्तम उपाय भनेको जग्गाको स्थिर राख्ने नीति अवलम्ब गर्नुपर्ने चार्टड एकाउण्टेनहरु बताउँछन् ।

स्थानीय तहहरुले हरेक वडालाई उत्पादन ग्रामका रुपमा विकास गर्ने नीति लिएको अवस्थामा गाउँबाट बसाईसराइ नहुने र जग्गाको किनबेच पनि नहुने हुँदा गाउँको जग्गा सस्तोमै उद्योगीहरुले लिएर उद्योग स्थापना गर्न सक्ने वातावरण बन्ने उद्योगी बालकृष्ण भुसाल बताउँछन् ।

यसका लागि स्थानीय तहहरुले नीतिगत व्यवस्था नै गर्नुपर्ने र उत्पादित बस्तुको लागत कम हुने नाफाको ग्यारेन्टी हुनुपर्ने उनको भनाई छ । यो सम्भव नभए सरकारी जमिन ४० वर्षसम्म भाडामा लगाउने कार्यविधि सहज हुनुपर्ने उद्योगीहरुको माग छ ।

यो पनिः
सरकारी जग्गा ४० वर्षसम्म भाडामा दिने बाटो खुल्यो

भूमी व्यवस्थापन विभागले पनि जग्गाको वर्गीकरण गरिसएिकाले अब अस्वभाविक मूल्यवृद्धि रोकिने दाबी गरेको छ । १० शीर्षकमा जग्गाको वर्गीकरण गरिएकाले अब एउटै जग्गा तीव्र गतिमा बिक्रि पनि नहुने र चाँडो चाँडो बिक्रि नभएपछि त्यसले मूल्यमा पनि ठूलो अन्तर नपार्ने दाबी विभागका अधिकारीहरुको छ । 

‘भ्यालू एड नहुने उद्योगलाई प्रोमोट नगरौँ’

अर्थशास्त्रीहरुले पनि ‘भ्यालू एड’ नहुने उद्योगहरुको प्रोमोट गर्न नहुनेमा जोड दिएका छन् । अर्थशास्त्री डा. पोषराज पाण्डेले बारम्बार यो विषय उठाउँदै आएका छन् । 

‘भ्यालू एड नहुने इन्डष्ट्रिलाई प्रोमोट गर्न हुँदैन’ उनले एक कार्यक्रममा भनेका थिए, ‘हाई इन्भेष्ट (उच्च लगानी) र लो प्रडक्ट (कम उत्पादन) होइन, हामीलाई त अहिले लो इन्भेष्टमा मास प्रडक्ट गर्ने इन्डष्ट्रिज् चाहिएको छ, जसले रोजगारी पनि पर्याप्त दिन सकोस् ।’

यसका लागि पनि लागत कमको नीति आवश्यक हुने उनको जोड दियो । पोष्ट बजेट डिस्कशनमा डा. पाण्डेले औद्योगिक क्षेत्रमा कम्तीमा जग्गाको मूल्य अब चाहिँ बढ्न दिन नहुनेमा जोड दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved