नेपाल सरकारले नयाँ स्टक एक्सचेन्जको लागि लाइसेन्स आह्वान गर्नु अगाडी नै शंकर ग्रुपले यसका लागि पैसा उठाउन थालेको छ। प्राइभेट लिमिटेड कम्पनीले समेत पाउने गरि धितोपत्र बजार संचालन नियमावली, २०७४ संशोधन हुनुपुर्व नै शंकर ग्रुपले नेपाल उद्योग बाणिज्य महासंघका व्यवसायीहरु परिचालन गरि नयाँ स्टक एक्सचेन्जको लागि पैसा उठाउन थालेको हो।
काठमान्डू उपत्यकाका उद्योगी व्यवसायीबाट मात्र नभई मोफसलका महासंघमा आवद्द उद्योगी व्यवसायीहरुलाई पनि नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न भन्दै शंकर ग्रुपले पैसा उठाउन थालेको हो। बिजपाटीलाई प्राप्त जानकारीअनुसार शंकर ग्रुपका कार्यकारी निर्देशक शाहील अग्रवालले आफु निकटका महासंघका उद्योगी व्यवसायीहरुलाई नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न भन्दै पैसा उठाउने अख्तियारी दिएका छन्।
नेपाल सरकारले नियमावली मै संशोधन गरि प्राइभेट लिमिटेड कम्पनीले समेत नयाँ स्टक एक्सचेन्ज चलाउन पाउने व्यवस्था गरेको हो। नेपाल धितोपत्र बोर्डको प्रस्तावमा अर्थमन्त्रालयले यहि साता मंगलबार मन्त्रिपरिषदबाट उक्त नियमावली संशोधन गराएको हो। संशोधन अगाडी बैंक वित्तीय संस्था तथा सुचिकृत संस्थाहरुले मात्र नयाँ स्टक एक्सचेन्ज चलाउने पाउने व्यवस्था थियो।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा चौथो संशोधन र धितोपत्र बजार संचालन नियमावली, २०७४ मा पहिलो संशोधन, धितोपत्र बजार सञ्चालन नियमावली २०६४ मन्त्रिपरिषदले स्वीकृत गरेको हो।
नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खुलेपनि कसले पाउने भन्ने यकिन नहुँदै शंकर ग्रुपले आफु निकटका व्यवसायीबाट पैसा संकलन कार्य थालेको हो। शंकर ग्रुपले पैसा उठाउन थालेसँगै विचौलिया दिपक भट्ट मार्फत शाहील अग्रवाललाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनलाई अर्थमन्त्री जनार्दन शर्माले नियमावली संशोधन गरेका हुन् भन्ने आरोप समेत पुष्टि भएको छ।
यस अगाडी तत्कालिन केपी ओली नेतृत्त्वको सरकारमा विचौलिया दिपक भट्टको संयोजकत्वमा शंकर ग्रुपका कार्यकारी निर्देशक शाहील अग्रवाल र उनी निकट व्यवसायीले पाएको हिमालयन रि इन्स्योरेन्सको लाइसेन्समा जुन तरिकाले पैसा उठाईयो, त्यहि शैलीमा अहिले पैसा उठाईएको स्रोतले जनाएको छ। नयाँ स्टक एक्सचेन्जको लागि सरकारले अहिले ३ अर्ब चुक्तापुंजी तोकेको छ।
यो पनि:
- चुनाव खर्चका लागि विवादित व्यवसायीलाई स्टक एक्सचेन्जको लाइसेन्स, हिमालयन रिकै शैलीमा असुली
- नेपालमा नयाँ स्टक एक्सचेन्ज खोल्न मुम्बईमा 'डिल', चल्तीकै व्यवसायीक घरानालाई दिने तयारी
-