धनगढीका मनकारी मेयर, जसले तलबसमेत परोपकारी काममा लगाउँछन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2022 | 09:58:02 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी/स्थानीय तह निर्वाचन ताका सरकारी सुविधा एक पैसा पनि नलिने उद्घोष गरी चुनाव जितेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तलब बुझेका छन् । तर, उनले बुझेको तलब आफ्नो व्यक्तिगत कार्यमा भन्दा परोपकारी कार्यमा खर्च गरेका छन् ।

मेयर हमालले ३ महिनाको सेवा सुविधा बापत पाउने रकम सामाजिक कार्यमा लगाउने घोषणा गरेका हुन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ६७ हजार ८ सय रुपैयाँ बुझेका छन् ।

सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरूमा आश्रित २६९ जनालाई पोसाक किनिदिने हमालले बताएका छन् ।

मेयर हमालले दक्षिणकाली आधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरू, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र  पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दृष्टिविहीन विद्यार्थीलाई पोसाक किनिदिने बताए ।

उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवा सुविधा नलिने घोषणा गरे अनुरूप नै बाचा पुरा गरेको बताए । 

मेयर गोपाल हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरी २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिए ।

यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए । उनले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधाबापतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए । 

जेठ महिनाको २३ दिनको हुन आउने ५५ हजार ६८७ रुपैयाँ ८३ पैसा रकम धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका थिए । मेयर हमालले आफूले पाएको गाडी सुविधा पनि वडा स्वास्थ्य क्लिनिकका लागि भनेर स्वास्थ्य शाखालाई हस्तान्तरण गरिसकेका छन् ।



 


झलक दवाडी/ धनगढी 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved