एमालेलाई फाइदा हुने भएपछि देउवाको निर्देशनमा व्यवसायीको आन्दोलनमा ‘ब्रेक’

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 11, 2022 | 12:37:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार साँझ नेपाल उद्योग वाणिज्य महासंघको एउटा विज्ञप्ति आयो । सञ्चार माध्यम र सञ्चारकर्मीलाई पठाइएको विज्ञप्तिमा जिल्ला नगर र बस्तुगत उद्योग वाणिज्य संघहरुको अपेक्षाविपरित आन्दोलन स्थगित गर्न अनुरोध गरिएको थियो ।

यस्तो प्रकृतिको विज्ञप्ति देखेपछि जिल्ला नगर उद्योग वाणिज्य संघहरु आश्चर्यमा परे । जबकी, महासंघ पदाधिकारीको बैठक बस्न लागेको जानकारी पाएपछि जिल्ला नगर उद्योग वाणिज्य संघहरुले अब आन्दोलन थप व्यवस्थित बन्ने र महासंघ आफैँले नेतृत्व लिने अपेक्षा गरेका थिए । तर, उनीहरुको अपेक्षा विपरित बुधबार (कार्तिक २३ गते) साँझ विज्ञप्ति आयो ।

बहुमत पदाधिकारी सडकमा आउँदा पनि केही लागेन 

जिल्ला जिल्लामा बैंकको ब्याजदर बढिरहेको विषयलाई लिएर उद्योगी व्यवसायीहरु आन्दोलित भइरहेका थिए । झापाको मेचीदेखि दार्चुलासम्म आन्दोलन जारी थियो । कतिपय ठाउँमा बैंक बहिष्कार र कतिपय बजारमा बैंकहरु बन्द नै गराइए । 

ठिक यसै समयमा महासंघका अध्यक्ष शेखर गोल्छा युरोप भ्रमणमा थिए । उनले उतैबाट नेपाल भरी फैलिरहेको उद्योगी व्यवसायीको आन्दोलन हेरिरहेका थिए । 

यतिसम्म की, कार्तिक १८ गते काठमाडौँ उद्योग वाणिज्य संघको अगुवाईमा माइतीघरमा मौन प्रदर्शन नै भयो । उक्त प्रदर्शनमा महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई उपस्थित थिए । काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका दिनेश श्रेष्ठ उक्त आन्दोलनको अगुवा थिए । 

कोषाध्यक्ष शुकुन्तलाल हिराचन पनि आन्दोलनमा देखिएका थिए । यद्यपी, उनले सञ्चार माध्यममा आन्दोलनबारे कुरा गर्न आनाकानी गरिरहेका थिए । 

सायद, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई उक्त प्रदर्शनमा नआउन सक्थे । तर, आगामी चैतमा हुने महासंघको चुनावी साधारणसभामा दुबै जना वरिष्ठ उपाध्यक्षका प्रत्याशीका रुपमा देखिएका छन् । 

यो पनिः
उद्योगी व्यवसायी सडकमा उत्रिएपछि महासंघ पदाधिकारीको आकस्मिक बैठक

महासंघका पूर्व उपाध्यक्ष एवम् अब वरिष्ठ उपाध्यक्षकै दाबेदार उमेशलाल श्रेष्ठ पनि उक्त प्रदर्शनमा ऐक्यवद्धता जनाउन आइपुगेका थिए । 

यसरी पदाधिकारीमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाहेक ३ उपाध्यक्ष र कोषाध्यक्ष सडकमा आउँदा पनि आन्दोलन स्थगित गर्न आग्रह गर्ने अवस्थामा महासंघ पुग्यो । 

किन आन्दोलन स्थगित गर्ने अवस्थामा पुग्यो महासंघ ?

महासंघका अध्यक्ष शेखर गोल्छा कार्तिक २३ गते बुधबार मात्रै नेपाल ओर्लिएका थिए । नेपाल ओर्लिनासाथ उनले पदाधिकारीहरुको आकस्मिक बैठक बोलाए । यद्यपी, स्रोतले उक्त बैठक औपचारिक नभइ अनौपचारिक मात्रै रहेको पुष्टि गरेको छ ।

काठमाडौँ बाहिर भइरहेको आन्दोलनका विषयमा छिटफुट् समाचार आइरहेका थिए । तर, सत्तामा रहेका राजनीतिक दलका शिर्ष नेताहरुले खासै ध्यान दिएका थिएनन् । तर, जब महासंघका बहुमत पदाधिकारीसहित काठमाडौँमै प्रदर्शन भयो, तब भने काँग्रेस र माओवादीसहित सत्तामा रहेका दलहरु आत्तिए ।

यसको पुष्टि काँग्रेस महामन्त्री गगन थापाले कार्तिक १९ गते शनिबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ ४ का मतदातासँगको छलफलमा गरेको भाषणबाटै पुष्टि हुन्छ । उनले मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा रहेको र निर्वाचनपछि बन्ने सरकारले अर्थतन्त्र तत्काल ठिकठाक हुने गरी काम गर्न नसके अहिले उद्योगी, व्यवसायी र आम जनतामा देखिएको नैराश्यता संगठित भएर सत्तामा रहने दललाई बढारेर लैजाने खतरा रहेको बताइदिए ।

यसपछि काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सशंकित भए । चुनावको मुखैमा आन्दोलन चर्काउने उद्योगी व्यवसायीको उद्घोषपछि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले निर्वाचनमा प्रतिपक्ष (एमाले) को पक्षमा माहोल बन्ने खतरा देखे । 

उनले महासंघका अध्यक्ष शेखर गोल्छासँग आफ्ना निकटका व्यवसायीलाई सम्पर्क गर्न भने । गोल्छालाई सम्पर्क गरेका देउवा अर्थात् वर्तमान सत्ता गठबन्धन निकट व्यवसायीहरुले आन्दोलन रोकेर सहयोग गरिदिने वातावरण मिलाउन अनुरोध गरे भन्ने दाबी स्रोतले गरेको छ ।

यतिसम्म की, निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्ने भन्दै गोल्छालाई देउवा निकट व्यवसायीहरुले अहिले निर्वाचनमा सहयोग हुने गरी वातावरण मिलाउन अनुरोध गरेको दाबी पनि स्रोतको छ । त्यस लगत्तै, काठमाडौँ ओर्लिनासाथ देशभरका जिल्ला नगर र बस्तुगत संघहरुले गरिरहेको आन्दोलन र प्रदर्शन रोक्न अनुरोध गर्दै उर्दी जारी गरे ।

‘जिल्ला नगर आफ्नौ विधानमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका हुन्छन्, यसको मतलब जिल्ला नगर उद्योग वाणिज्य संघहरु इन्डिपेन्डेन्ट हुन्छन्, महासंघले यसो गर्, उसो गर् भनेर दिएको निर्देशन मान्न जिल्ला नगर बाध्य हुँदैनन्’ एक जना उद्योगी भन्छन्, ‘जिल्ला नगरले आन्दोलन गरिरहेपछि पोलिटिकल्स प्रेसर अध्यक्षलाई परेको हुनुपर्छ । उहाँले पोलिटिकल धम्की आएर डराएर आन्दोलन रोक्न उर्दी जारी गरेको हुन सक्छ ।’

यसअघिः

‘बैंकिङ आतंक बन्द गर्’ भन्दै माइतीघरमा उद्योगी व्यवसायीहरुको विरोध प्रदर्शन ‘फोटोफिचर’

गगन थापाले भने, ‘अर्थतन्त्र डामाडोल छ, निराश जनता संगठित भए भने हामीलाई लखेट्छन्’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved