इसेवा, खल्ती, नमस्तेपे जस्ता वालेट प्रयोगकर्ताले थाहा पाई राख्नु पर्ने ६ कुरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 02:37:53 PM मा प्रकाशित

laxmi bank

बदलिँदो समाजसँगै समाजका घटनाका स्वरुपहरु पनि बदलिएका छन्। कुनै बेला घर कार्यलयमा भौतिक उपस्थितिमै हुने आर्थिक अपराधहरु अहिले इन्टरनेटका माध्यम मार्फत 'अन्जान' ठाउँबाट भौतिक उपस्तिथीबिना नै हुने गरेका छन्। 

त्यसमाथि पनि आर्थिक अपराधका लेनदेनहरु सबै भन्दा कम्जोर प्रणाली भएका माध्यम मार्फत हुने गरेको बिभिन्न घटनाक्रमले देखाउने गरेका छन्। यस्ता गतिबिधिका वित्तीय कारोबार गर्नेहरुले भुक्तानी प्रणालीको नयाँ माध्यम 'पेमेन्ट गेटवे कम्पनी' को प्रयोग बढी गरेको देखिन्छ। 

नेपाल प्रहरी अपराध महाशाखाकाअनुसार पनि गलत नियतले हुने अधिकांश आर्थिक कारोबारहरु पनि बिधुतिय वालेट अर्थात मोबाइल वालेटहरुबाट बढी हुने गरेका छन्। अनलाइन मार्फत नै अरु कसैको नाममा रहेको नागरिकता वा पहिचान पत्र तथा मोबाइल नम्बर प्रयोग गरेर सहजै खाता  खोल्न सकिने र आफ्नो उदेश्य पुर्तिपछि सहजै यस्ता खाता बन्द गर्न सकिने भएकाले अपराधिक क्रियाकलापका भुक्तानिहरु मोबाइल वालेटबाट भएको अपराध महाशाखाको बुझाई छ। 

कारोबारलाई थप मजबुत र विश्वसनीय बनाउन पर्याप्त लगानी र पूर्वाधार आवश्यक पर्ने भएकाले नेपाल राष्ट्र बैंकले साउन ६ गते ल्याएको चालू आर्थिक बर्षको मौद्रिक नीति मार्फत "भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरु एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने र यस्ता संस्थाहरुमा तोकिएको सीमासम्म वैदेशिक लगानी भित्र्याउने लगायत अनुमतिसम्बन्धी विद्यमान नीतिगत व्यवस्था पुनरावलोकन गर्ने" नीति लिएको छ। 

यसमा जोखिम हुने भएकाले नै राष्ट्र बैंकले पनि भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन –२०७८ जारी गरेर पेमेन्ट गेटवे कम्पनी मार्फत कारोबार गर्न पाइने रकममा 'सिलिङ्ग' लगाएको छ। पेमेन्ट गेटवे कम्पनी मार्फत एक दिनमा बढीमा १ लाख र महिनामा दश लाखसम्म कारोबार गर्न पाइने तथा मोबाइल वालेटमा एक दिनमा बढीमा ५० हजारसम्म मात्र राख्न पाइने नियम बनाईएपनि यसका 'लुपहोल ' प्रयोग गरेर नेपाल सरकारले अबैध भनेका धेरै प्रकारका कारोबारमा पेमेन्ट गेटवे प्रयोग हुने गरेको देखिन्छ।  

नेपाल सरकारले अबैध भनेका धेरै प्रकारका कारोबारमा पेमेन्ट गेटवे कम्पनी मार्फत बढी हुने गरेकोपाईएपछि राष्ट्र बैंकले पनि केहि कडा कदम चाल्न सक्ने संकेत गरेको छ। गेटवेलाई व्यस्थित गर्नेगरि थप नियम बनाउन लागिएको र मौद्रिक नीतिका केहि कुराहरु सम्बोधन गर्नका लागि पनि पुष मसान्तसम्म पेमेन्ट गेटवे लाई लिएर केहि नियम आउने राष्ट्र बैंकले जनाएको छ। 

यसमा पूर्वाधार र लगानीका बिषय मात्र नभई कारोबार रकम र कारोबार संख्या तथा खाता खोल्ने प्रकृया लगायतका बिषयहरु पनि सामेल हुने राष्ट्र बैकको भनाई छ।आर्थिक अपराधका लागि अबैध लेनदेनका लागि पेमेन्ट गेटवे निशानामा हुने भएकाले नेपाल सरकारले यस्तो नीति लिएको देखिन्छ। त्यसैले पेमेन्ट गेटवे कम्पनीको प्रयोग गर्दा केहि महत्त्वपूर्ण बिषयमा ध्यान दिन अति आवश्यक छ। 

पेमेन्ट गेटवे कम्पनी मार्फत पैसा पठाउन, पाउन जति सजिलो छ। त्यति सजिलै पेमेन्ट गेटवे कम्पनी मार्फतको कारोबारबाट पैसा गुमाउन सकिन्छ। यस प्रकारको सेवा दिनलाई नेपालमा २७ वटा भुक्तानी प्रणाली प्रदायक र १० वटा भुक्तानी प्रणाली संचालकहरु रहेका छन्। जसमध्ये इसेवा इसेवा, खल्ती, आइएमईपे, प्रभु पे जस्ता भुक्तानी प्रणाली प्रदायकहरु तोकिएको मापदण्ड अनुसार संचालनमा रहेका छन् भने अन्य कम्पनीहरु संचालनमा भएपनि तोकिएको मापदण्ड पुरा गरेका छैनन् । धेरै कम्पनीहरु लाइसेन्स होल्ड गरेर मात्र बसेका छन्। 

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले असोज मसान्त २०७९ मा सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भनेपनि मोबाइल वालेटको प्रयोगकर्ता र यसबाट हुने कारोबार बढिरहेको देखिन्छ। एक बर्षको अन्तरालमा मोबाइल वालेटको युजर संख्या झन्डै ४५ लाखले बढेर १ करोड ४५ लाख पुगेक छ भने कारोबार रकम पनि १ अर्बले बढेर १६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। 

यस्तोमा कुन पेमेन्ट गेटवे कम्पनी कति विश्वसनीय छ र कति सुरक्षित छ भन्ने थाहा हुन आवश्यक छ। यसका लागि यी केहि प्रश्नहरु तपाइँ आफुलाई सोधेर निर्णय लिन सक्नुहुन्छ। 

 १. के प्ले स्टोर एप स्टोर मा यसको रेटिंग र रिभ्यु ठिक छ ?

२. के एप को प्रयोग गर्नका लागि लग इन माग्छ ? लग इन को नियम कति सुरक्षित छ ? के यसमा सजिलै पत्ता लगाउन नसकिने पाला पासवर्ड बनाउन मिल्ने सुविधा छ ?

३. फोन खोल्दाको समय पासवर्ड मागेपछि पनि जब एप प्रयोग गरिन्छ त्यो समय पनि पासवर्ड माग्छ ?

४. के यो यसको एप मार्फत कारोबार गर्दा यसको नोटिफिकेसन आउँछ ?  

५. के पैसा पठाउनु अगाडी यो एपले तपाइँको स्वीकृति माग्छ ? के एक पटक गल्ति भएपछि पनि त्यसलाई सच्याउन सकिने प्राबधान छ ?

६. एप स्टाल गर्नु अगाडी के के अनुमती माग्छ ? कतै अनुमति दिंदा तपाइँको सम्पूर्ण जानकारी कुनै तेस्रो पक्ष वा तेस्रो कम्पनीलाई पठाउन सकिने प्राबधान त छैन ?

यसरि सुरक्षीत कारोबार गर्न सक्नुहुन्छ ?

- मल्टी फ्याक्टर अथेन्टिकेशन : यदि तपाइँ यस्तो एप मार्फत बढी कारोबार गर्नुहुन्छ भने युजर नेम र पासवर्डको मात्र नभई मोबाइल नम्बर वा इमेलमा ओटिपि पठाउने विकल्प रोज्नुहोस। 

- नोटिफिकेसन : प्रत्येक कारोबारको नोटिफिकेशन आउने बनाउनुहोस। यसले आफ्नो संलग्नता बीना कतै कारोबार भएको छ भने पनि थप क्षती हुनभन्दा अगाडी आफुलाई जानकारी हुन्छ। 

- एपको लागि पासवर्ड : मोबाइल फोन खोल्ने बित्तिकै यस्तो एपमा जान सकिने अवस्था हुन्छ। त्यसैले मोबाइल खोलेपनि एप खोल्नका लागि पनि पासवर्ड माग्ने विकल्प रोज्नुहोस। 

- मोबाइल एप अपडेट्स : जप एप इन्स्टल हुन्छ  तब यो अपडेट हुन्छ। यो खासमा सुरक्षा उपायलाई थप मजबुतीको लागि हुन्छ। त्यसैले बीना कुनै समय खेर नफाली अपडेट गरिरहनु राम्रो हुन्छ। 

- पैसा पठाउन अगाडी पहिला चेक गर्नुहोस: पैसा पठाउन अगाडी कयौं तरिका अपनाउनु पर्छ।  जस्तो फोन नम्बर हाल्ने, पासवर्ड राख्ने, कसलाई कति पैसा कुन खाता वा नम्बरमा पठाउने भन्ने कुरा पहिला चेक गर्न राम्रो हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved