भ्रष्टको 'बाप' बनेपछि पाएनन् राजनीतिक संरक्षण, अनि खोलियो विकल पौडेलको भ्रष्टाचारको फाइल !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 12:45:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक हुँदा मोटो रकम कमिशन खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेलमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

पौडेलको कमिसनको खेलमा साथ दिएको भन्दै अरु थप ९ जनामाथि पनि अख्तियारले मुद्दा दायर गरेको छ। 'पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रेसराइज्ड फिउल स्टोरेज ट्याङ्क' खरिदमा मोटो रकम कमिसन लिएको उनीहरुमाथि आरोप छ । 

अख्तियारकाअनुसार पौडेलसहित यी नौ जनाले खरिद प्रक्रियामा अस्वाभाविक लागत अनुमान तयार पारी स्वीकृत गराइ खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर स्वीकार गरेको पाइएको छ । 

त्यस्तै सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरिएको छ। कामै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवाबापत अग्रिमरुपमा बढी भुक्तानी दिइएको समेत अख्तियारले औँल्याएको छ। 

अख्तियारले पौडेलमाथि ६९ करोडको भ्रष्टाचारको आरोप लगाएको छ भने तत्कालिन शिक्षा मन्त्रालयमा कार्यरत मेकानिकल इन्जिनियर नविनकुमार पोखरेलमाथि ४९ करोड ४६ लाख, सुरक्षण मुद्रण केन्द्रको सहायक निर्देशक रमेशप्रसाद पोखरेलमाथि २० करोड ३८ लाख हिनामिना गरेको आरोप लगाएको छ। 

त्यस्तै अख्तियारले शाखा अधिकृत मनिकमान महर्जनमाथि तीन करोड ४४ लाख, लेखा अधिकृत रामबहादूर बुढामाथि १९ करोड ८८ लाख, शाखा अधिकृत शिरीष उपाध्ययमाथि ४० करोड, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका निर्देशक रोहितमान प्रधानमाथि २३ करोड ४४ लाख, मपटेक विल्डिङ सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जनमाथि ४३ लाख ५७ करोड, परामर्शदाता कम्पनी वास्तुशिल्प एसोशिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौमाथि ८ लाख ६९ हजार भ्रष्टाचारको आरोप लगाएको छ। 

अति भ्रष्ट भएको आरोप 

पर्वतका विकल पौडेललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट तानेर  सुरक्षण मुद्रणको कार्यकारी निर्देशक बनाइएको थियो। 

ओली नै प्रधानमन्त्री हुँदा प्रेम राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त भएका थिए । यस्तै पर्वतका शंकरदास वैरागी मुख्य सचिव बने ।

तर ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका व्यक्तिहरु नै अख्तियार र मुख्य सचिव जस्तो शक्तिशाली पदमा रहँदा ओलीले नै नियुक्त गरेका विकल पौडेलमाथि कारबाही हुनुले धेरैलाई आश्चर्य र आशङ्का उब्जाएको छ ।

यो विषयमा आश्चर्य बन्नु पर्ने कारण नरहेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा ओली निकट एक नेताले बिजपाटीलाई बताए। उनि भन्छन्, 'अध्यक्षज्यू (ओली) प्रधानमन्त्री हुँदा पौडेल कार्यकारी निर्देशक बने पनि पौडेल कांग्रेसी बढी एमाले कम हुन्, तर पैसा मात्र लक्ष्य हुनेका लागि पद प्राथमिकता हुने रहेछ, पदमा पुग्नलाई पौडेल जस्ता व्यक्ति कथाले मागेअनुसार सत्तासिन पार्टी निकट हुन्छन्, यहाँ पनि भएको त्यही हो।'

ती नेताकाअनुसार विकल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदादेखि नै धेरै 'कर्तुत' गरिसकेका थिए। सुरक्षण मुद्रणमा आएपछि समूह नै बनाएर कामको आडमा कमिसनको व्यापार गर्न थालेपछि राजनीतिक दलले विकल पौडेललाई संरक्षण गर्न छाडिसकेका थिए। अहिले अख्तियारको कारबाही त्यसैको नतिजा हो। यो सुरुवात मात्रै हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved