अपि प्रकरणमा दोषी को : गुरु न्यौपाने परिवार कि बिद्युत नियमन आयोग ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2024 | 02:21:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावरले यसअघि घोषणा गरेको ९ प्रतिशत लाभांशलाई घटाएर अब ५ प्रतिशत दिने भनेर सार्वजनिक सूचना निकालेको छ। गल्ति महसुस गरेर नभई नियामकको अगाडी दाल नगलेपछि मात्रै अपि पावरले आफ्नो यसअघिको निर्णय सच्याएको हो। 

वित्तिय विवरण अस्वीकृत भएपछिको अवस्थालाई आफ्नो पक्षमा पार्न मन्त्रालय तथा शक्तिकेन्द्र धाउँदा पनि केहि नहुनेभएपछि मात्रै गुरु प्रसाद न्यौपाने परिवार हाबी रहेको अपि पावरले लाभांश संसोधन भएको स्रोतको भनाई छ। 

नेपालको प्रचलित अभ्यास विपरित मुल्यांकनबाट देखिएको सम्पतीबाट बोनस शेयर घोषणा गरेकै कारण बिद्युत नियमन आयोगले अपि पावरको वित्तिय विवरण अस्वीकृत गरेको हो। इन्ग्वा हाइड्रोपावरमा गरेको लगानीलाइ मुल्यांकन गराएर त्यसलाई आम्दानी देखाएर अपि पावरले ९ प्रतिशत बोनस दिन सकिने आधार खडा गरेर संचालन समितिबाट यो प्रस्ताव पास गराएको हो। तर नेपालको प्रचलित अभ्यास विपरित मात्रै नभई लेखाको सामान्य नियम भन्दा पनि बाहिर गैर अपि पावरले यस्तो गर्यो भन्ने प्रश्न उब्जिएको छ। 

लाभांश वितरण र वित्तिय विवरण नै स्वीकृत नभएको अवस्थामा लाभांश घोषणा गर्नु त्रुटी मान्न सकिन्छ तर हिसाबमा मात्र देखाउन पाइने तर लाभांशको रुपमा बाँड्न नपाइने आम्दानीलाई आम्दानी देखाउनु षडयन्त्र भएको आशंका गर्न सकिन्छ। 

लकिंग पिरियडमा रहेको इन्ग्वा हाइड्रोपावर शेयरमा गरिएको लगानी र बजार मूल्यको फरकलाई आम्दानी मानेर त्यसबाट लाभांश घोषणा गर्ने प्रस्ताव अघि बढ्नु गुरु न्यौपाने परिवारमाथि मात्र नभई स्वयम् अडिटरको नियतमाथि पनि प्रश्न उब्जाएको छ। 

प्रत्यक्ष नियामक रहेका नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल दुरसंचार प्राधिकरणले हेर्ने शेयर बजारमा सुचिकृत कम्पनीमा अपि पावरले देखाएको आम्दानीलाई गणना गर्न मिल्ने तर बोनसको रुपमा बाँड्न नपाइने व्यवस्था छ। तर बिद्युत. नियम आयोगले यस सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छैन। तर कम्पनी ऐनले यस्तो आम्दानीलाई बाँड्न नमिल्ने आम्दानीको रुपमा व्याख्या गरेको अवस्था छ। 

प्रचलित व्यवस्था र कम्पनी ऐनको प्रावधान विपरित गएर अपि पावरले लाभांश घोषणा गर्नुलाई त्रुटी मात्र मान्न नसकिने जानकार बताउछन। गणना गर्न मिल्ने तर बाँड्न नमिल्ने आम्दानीलाई आम्दानी देखाएर नियमन आयोगले स्वीकृति दिनुअघि नै अपि पावरले ९ प्रतिशत लाभांश घोषणा गरेर सूचनामा खेलेको आरोप छ। 

अपि पावरले ९ प्रतिशत लाभांश घोषणा गर्दा धेरैले यसको शेयर किनेका छन् जसले गर्दा यसको मूल्य पनि प्रतिकित्ता झन्डै १०० रुपैयाँले बढेको   छ। यसबाट अपि पावरको ९ प्रतिशत लाभांशको अपेक्षा गरेर लगानीगर्नेहरु फसेका छन्। अपि पावरको यस घटनाबाट हजारौ लगानीकर्ताको पैसा मात्र होइन शेयर बजारप्रतिको भरोसा पनि टुटेको छ। 

अपि पावरले आफुले यसअघि घोषणा गरेको लाभांश प्रस्ताव संसोधन गर्दा उसको गल्ति क्षम्य होला तर ९ प्रतिशत लाभांश पाइने आशमा महँगोमा शेयर किनेर लगानी फसेकाहरुको पैसा फिर्ता कसरी हुन्छ ? नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र बिद्युत नियमन आयोगले यसको उत्तर दिनुपर्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved