सिमेन्टमा ब्रम्हलुट : भारतीय र नेपालीलाई दुईथरी मूल्य, कार्टेलिङबाट दिनमै ३० करोड ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2025 | 06:36:14 PM मा प्रकाशित

laxmi sunrise bank

सिमेन्ट उद्योगहरुले सिजनकै मौका छोपेर नेपाली उपभोक्तालाई लुट्नुसम्म लुटेको खुलासा भएको छ। बजारमा सामान्य मुल्य बढाईएको भाष्य बनेपनि सिमेन्ट उद्योगहरुले लुट्नुसम्म लुटेको तथ्यांकले देखाएको छ। 

अन्तराष्ट्रिय बजारमा  उतार चढाब आउनेगरी सिमेन्ट उत्पादनको लागि चाहिने मूख्य कच्चा पदार्थ क्लिन्कर, कोइला र विद्युतको मूल्यमा कुनै परिवर्तन न आएपनि नेपाली बजारमा सिमेन्टको मूल्यले आकाश छोएको छ। 

सिमेन्टको कच्चा पदार्थ कोइला र क्लिन्करको मूल्य घट्दा पनि नेपाली बजारमा सिजनमै प्रति बोरा डेढ सय रुपैयाँले बढाईएको छ। यसमा होंग्सी सिमेन्टले पनि साथ दिएपछि सिजनमै सिमेन्टमा कार्टेलिंग गरेर मनग्गे कमाउने प्रस्तावले सफलता पाएको सिमेन्ट उद्योगमा चर्चा छ। 

कोइला प्रति टन ३५००० रुपैयाँ र क्लिन्कर प्रति टन ४२ सय रुपैयाँ हुँदा नेपाली बजारमा सिमेन्टको मूल्य  ३५० रुपैयाँदेखि ४०० रुपैयाँ थियो। र कोइलाको मूल्य घटेर प्रति टन १५ हजार रुपैयाँ र क्लिन्करको ६२ सय रुपैयाँ हुँदापनि सिमेन्टको मूल्य प्रति बोरा पिपिसी ६३० र ओपिसि ७८० रुपैयाँ पुर्याइएको छ। यसलाई सिमेन्ट उद्योगहरुको बदमासीको रुपमा लिइएको छ। 

सिमेन्ट उद्योगहरुले सिजनमै नेपाली उपभोक्तालाई लुट्नु सम्म लुटेका छन् भन्ने कुराको प्रमाण पनि भेटिएको छ। नेपाली बजारमा प्रति बोरा ६२० रुपैयाँमा बेच्ने सिमेन्ट कम्पनीहरुले भारतीय बजारमा भने प्रति बोरा ३२० रुपैयाँमै निर्यात गरेको कुरा खुल्न आएको छ। एकै लागतको सामान नेपाली बजारमा ६२० रुपैयाँ र भारतीय बजारमा ३२० रुपैयाँ गर्नुले सिमेन्ट उद्योग मिलेर नेपाली उपभोक्तालाई लुट्नुसम्म लुटेको देखिन्छ। 

विशेषगरि, आफै क्लिन्कर उत्पादन गर्ने र आफ्नै अर्को पनि सिमेन्ट उद्योग भएका सिमेन्ट कम्पनीहरुले एक आपसमा मिलेर अहिले सिमेन्टमा कार्टेलिंग गरेको बताइन्छ।  बजारमा कृतिम अभाव सिर्जना गर्नलाई कुल उत्पादन क्षमताको ३०-४० प्रतिशत मात्रै उत्पादन गरेर यस प्रकारका सिमेन्ट उद्योगले कार्टेलिङ गरेको बताइन्छ। 

स्रोत भन्छ, "विगतमा १००० बोराबाट हुने आम्दानी अहिले ४०० बोरा बेचेर कमाएका छन्, यसले एकातर्फ ६०० बोराको उत्पादन लागत सिधै बचेको छ भने अर्कोतर्फ बजारमा मूल्य वृद्धि र सिन्डिकेटलाई बढावा दिएको छ, यस्तै हो भने केहि व्यक्ति मिलेर हरेक क्षेत्रमा कार्टेलिंग हुने देखिन्छ।" 

"अहिले प्रत्येक सिमेन्ट उद्योगले न्युनतम पनि दैनिक डेढ करोड कमाएका छन्, २० वटा सिमेन्ट उद्योगले दिनमा ३० करोड कमाइ गर्दा महिना दिनमै ९० अर्ब कमाइ गरेका छन्, तीन महिना मात्रै कार्टेलिंग गर्न सफल भए भने २७० अर्ब कमाई गर्छन" स्रोतको दाबी छ, "कार्टेलिंगमा सघाउने सबै तह तप्कालाई यहि पैसाको केहि हिस्सा दिंदा पनि पुगेकोले अहिले सबै मौन छन्।"

त्यसो त, निर्माण व्यवसायीहरुको साझा संस्था 'नेपाल निर्माण व्यवसायी महासंघ' का अध्यक्ष रवि सिंहले पनि भारतीय बजारमा ३२० रुपैयाँमा बिक्रि भईरहेकाले आफुहरुले त्यहींबाट सिमेन्ट आयात गर्न पाउनुपर्ने माग राख्दै कार्टेलिंग गर्ने उद्योगहरुलाई कारबाहीको लागि उजुरी दिएका थिए। 

त्यस्तै सार्वजनिक लेखा समितिमा पनि सिमेन्ट उद्योगहरुले कार्टेलिङ गरेको र यसमा उद्योगमन्त्री दामोदर भण्डारीले कुनै काम कारबाही नगरेको आवाज उठेपछि मन्त्रीलाई जवाफ दिनलाई डाकिएको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved