प्रभु बैंकलाई ठाउँको ठाउँ ३६ करोड घाटा, जीवन विकास लघुवित्तमा पनि स्वार्थपूर्ण खेल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2025 | 10:53:51 AM मा प्रकाशित

laxmi sunrise bank

प्रभु बैंकका सीईओ अशोक शेरचन ले व्यक्तिगत स्वार्थका लागि बैंकलाई घाटा हुने निर्णय गरेको रहस्य बाहिरिएको छ। ३६ करोड घाटा गराएर बैंकलाई कमजोर बनाउने रणनीति अपनाएको आरोप उनीमाथि लागेको छ।

समकक्षी बैंकहरूले समयमै साधारणसभा गरी लाभांश बाँडिसक्दा, प्रभु बैंकका सीईओ शेरचनले ब्यालेन्स सिटमा नाफा देखाउन बैंकलाई घाटा हुने कारोबार गरेको तथ्य बाहिरिएको छ। बैंकले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा रहेको २३ लाख कित्ता 'प्रमोटर' शेयर बिक्री गरेपछि बैंकलाई ४४ करोड १६ लाख आम्दानी भए पनि ३६ करोड घाटा लागेको बैंककै वित्त अधिकारीले बताएका छन्।

प्रभु ग्रुपको आन्तरिक समस्या समाधानका लागि खेल ?

बैंकको घाटा मात्रै होइन, अहिले जीवन विकास लघुवित्त को ८ लाख कित्ता शेयर लिलामी गर्न लागिएको छ। प्रभु ग्रुपसँग सम्बद्ध प्रभु क्यापिटल लिमिटेड ले प्रति कित्ता रु. ५५० मा बिक्री गर्ने निर्णय गरेको छ, जुन रहस्यमय देखिन्छ।

जीवन विकास लघुवित्त नाफामा रहेको कम्पनी हो, यसको बजार मूल्य उच्च छ, अनि भविष्य सुरक्षित छ। यस्तो अवस्थामा प्रभु क्यापिटलले यसको शेयर बिक्री गर्ने निर्णय किन गर्यो ?

वित्तीय विश्लेषकहरूका अनुसार, यो प्रभु ग्रुपकै आन्तरिक आर्थिक संकटको संकेत हुन सक्छ। विशेष गरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग यसको सम्बन्ध रहेको देखिन्छ।

देवी भट्टचनको ऋण संकट र भवन खरिद खेल ?

सूचनाका अनुसार, प्रभु ग्रुपका प्रमोटर तथा सांसद देवी भट्टचन आर्थिक संकटमा परेका छन्। हिमालयन बैंकले भट्टचनको ऋण नतिरेपछि ३५ दिने सूचना जारी गरिसकेको छ। यही संकट हल गर्नकै लागि जीवन विकास लघुवित्तको शेयर बेच्ने योजना बनाइएको अनुमान गरिएको छ।

सबैभन्दा ठूलो प्रश्न – प्रभु ग्रुपले किन अन्य सम्पत्ति वा शेयर नबेची जीवन विकास लघुवित्तकै शेयर बिक्री गर्ने निर्णय गर्यो ?

स्रोतका अनुसार, देवी भट्टचन प्रभु ग्रुपकै भवन बिक्री गर्न चाहन्छन्, तर बजार मूल्यभन्दा महँगोमा बेच्न खोजिएको छ। समस्या के भने, उक्त भवन खरिद गर्नकै लागि प्रभु क्यापिटल नै खरिदकर्ता बनेर अघि बढिरहेको देखिन्छ। त्यसैले, स्वार्थपूर्तिका लागि जीवन विकास लघुवित्तको शेयर बिक्री गर्न लागिएको हुन सक्छ।

यदि यो साँचो हो भने, निजी स्वार्थका लागि सार्वजनिक लगानीकर्ताको पैसा दुरुपयोग गर्ने गम्भीर वित्तीय अनियमितता हुन सक्छ।

नियामक निकायको ध्यान जान जरुरी

नेपाल धितोपत्र बजारमा संस्थागत लगानीकर्ताले पारदर्शिता अपनाउनुपर्ने कानुनी बाध्यता छ। प्रभु क्यापिटलले शेयर बिक्रीको वास्तविक कारण खुलाउनुपर्छ। नेपाल धितोपत्र बोर्ड (SEBON) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले तत्काल अनुसन्धान थाल्नुपर्ने देखिन्छ। यदि शेयर बिक्रीको उद्देश्य व्यक्तिगत स्वार्थ हो भने, यो लगानीकर्ताहरूलाई धोका दिने गम्भीर अपराध हुनेछ।

कुनै पनि वित्तीय संस्थाले आफ्ना लगानीकर्ताको पैसा गैरनैतिक रूपमा प्रयोग गर्न पाउँदैन। प्रभु ग्रुपको गतिविधिले बजारमा गलत सन्देश प्रवाह गर्ने खतरा बढेको छ। नियामक निकायहरूले यसमा तुरुन्त हस्तक्षेप गर्न आवश्यक छ।


प्रभु बैंकमा बेतिथिको पराकाष्ठा, संचालक समितिमा मात्रै नभई व्यवस्थापनमा समेत मनपरी !

लाभांश दिन नसकेको प्रभु बैंकको विज्ञापनमा करोडौं स्वाहा, हाकिमहरु नै कमिसनको खेलमा ?

किन दिईयो प्रभु बैंकमा विवादित संचालकलाई नै उच्च जिम्मेवारी ? सुशासनमाथि गम्भीर प्रश्न !

- प्रभु बैंकका सीईओ र संचालक फेरि पनि राष्ट्र बैंकको कारबाहीमा, के छ कसुर ?

प्रभु बैंकको संचालकमा निर्विरोधको प्रयास असफल, विवादित व्यक्ति संचालकमा निर्वाचित

प्रभु बैंकको संचालकमा एघार जनाको मनोनयन दर्ता, सीइओमाथि नक्कली प्रोक्सीको आरोप

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved