नेपालमा चाडवाडले छपक्कै छापेको छ । अहिले दशैँ नजिकिएको छ । दशैं मासु खाने चाडका रुपमा पनि लिइन्छ । दशैँमा अन्य जनावरको अलावा विशेष गरि खसीको मासुका परिकार खाने चलन छ । दशैँमा खसीको मासु नपाक्ने भान्सा सायदै कम छन् । दशैँमा मासुलाई कसरी स्वादिष्ट बनाउन सकिन्छ भन्नेमा सबै गृहिणीहरु चिन्तित छन् । उनीहरु मासु मिठो पकाउन हर प्रयास गरिरहेका हुन्छन् । तर मासु पकाउन धेरै चिन्ता लिन पर्दैन । सजिलै मासु पकाउन सकिन्छ ।
मासु पकाउन आवश्यक सामग्रीः
खसीको मासु
टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी
जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल
खुर्सानीको धुलो, तेजपत्ता सुकमेल लगायतका मसला
विधिः
सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने ।
अब त्यो मसलालाई मासुमा मिसाएर मोल्ने ।
त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर मोल्ने ।
राम्रोसँग मोलेपछी छोपेर राख्ने ।
अब एउटा भाँडामा तेल तताउने र तेल तातेपछि प्याज फुराउने ।
प्याज खैरो भएपछी टमाटर राख्ने र केही छिन छोपेर पाक्न दिने ।
त्यसपछि त्यसलाई सेलाउन दिने र पेस्ट बनाउने ।
एउटा भाँडोमा तेल तताउने ।
तेल तातिसकेपछि तेज्पत्ता, सुकमेल लगायतका मसला फ्राई गर्ने ।
फ्राई गरेपछि त्यसमा मासु राख्ने र पकाउने ।
अब मासुलाई चलाउने र त्यसमा गरम मसला र प्याज टमाटरको पेस्टलाई राख्ने ।
त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर पकाउने ।