सुनको भाउ आज पनि भने स्थिर छ । साताको दोस्रो तेस्रो आज मंगलबार फाइन गोल्ड सोमबारकै मूल्य अर्थात प्रति तोला ५८ हजार ५ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि प्रति तोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ५० हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ९ सय रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ ।