सुनको भाउ आज घटेको छ । साताको चौथो दिन आज बुधबार फाइन गोल्ड तोलामा २ सय रुपैयाँले घटेर प्रति ५८ हजार ३ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि प्रति तोला २ सयले घटेर ५८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ७ सय ३० रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ ।