सातको पहिलो दिन आज आईतबार सुनचाँदीको भाउ स्थिर छ । आज फाइन प्रति तोला ५७ हजार ८ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आईतबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३ सय रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
अघिल्लो साताको सुरुदेखी नै उकालो लागेको सुनचाँदीको साताको मध्यबाट भने आरालो लाग्न थालेको थियो । शुक्रबार देखी भने सुनचाँदीको मूल्य स्थिर छ ।