![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
सातको दोस्रो दिन आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आज फाइन प्रति तोला १ सय रुपैयाले बढेर ५७ हजार ९ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलमा १ सयले बढेर प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी तोलाको ५ रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३ सय ८५ रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ पैसा कायम गरेको छ ।