साताको चौथो दिन आज बुधबार सुनचाँदीको भाउ बढेको छ । आज फाइन गोल्ड प्रति तोला ५ सय रुपैयाँले बढेर ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५ सयले नै बढेर ५८ हजार १ सय रुपैयाँ पुगेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ५० हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८ सय १५ रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज बढेको हो ।