साताको पाँचौ दिन आज बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । आज फाइन गोल्ड प्रति तोला ५ सय रुपैयाँले बढेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ५ सयले नै बढेर ५८ हजार ६ सय रुपैयाँ पुगेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ५० हजार ५ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार २ सय ४५ रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ । सुनको भाउ हिजो र आज गरेर १ हजार रुपैयाँले बढेको छ ।