आकाशिदै सुनचाँदीको भाउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2018 | 12:29:13 PM मा प्रकाशित

laxmi sunrise bank

साताको पाँचौ दिन आज बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । आज फाइन गोल्ड प्रति तोला ३ सय रुपैयाँले बढेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ३ सयले नै बढेर ५९ हजार रुपैयाँ पुगेको छ । चाँदी प्रतितोला २० रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ५० हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ५ सय ८५ रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य अन्तराष्ट्रिय बजारमा तेलको भाउ बढेकाले नेपालमा सुनको भाउ बढेको बताउँछन् खानी बाट निकालेको सुनलाई शुद्ध बनाउन आवश्यक कच्चा पदार्थ मध्ये तेल धेरै प्रयोग हुने भएकाले अन्तराष्ट्रि बजारमा तेलको भाउ बढ्नासाथ सुन उत्पादनमा लाग्ने लागत बढ्ने भएकाले सुनको भाउ बढ्ने उनी बताउँछन । “अमेरिकाले फ्रान्स र इङ्ल्याण्डलाई हातमा लिएर सिरियामा गरेको हमलाले गर्दा अन्तराष्ट्रि बजारका लगानी कर्ताहरु आफ्नो लगानी असुरक्षित हुने डरले अन्यत्र गरेका लगानी झिकेर धमाधम सुनमा लगानी गर्न थालेपछि सुनको भाउ बढेको हो” उनी भन्छन् । “आज ५९ हजार ३ सय पुगिसक्यो यो प्रतितोला ६० हजार पुग्ने संकेत हो ।” उनको भनाई । अहिले अन्तराष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर भएर पनि सुनको भाउ निरन्तर बढिरहेको उनको भनाई छ । 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved