साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको भाउ स्थिर छ । छापावाला सुनको मूल्य आईतबार कारोबार भएकै मूल्यमा प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन पनि आइतबारकै मूल्यमा प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोवार भैरहेको छ । चाँदी पनि प्रति तोला ७ सय ६० रुपैयाँमा नै कारोवार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले १० ग्राम छापावाला सुन बराबर ४९ हजार ७ सय २५ रुपैयाँ मूल्य तोकेको छ । यसैगरी १० ग्राम तेजावी सुनको मूल्य बराबर ४९ हजार ४ सय ७० रुपैयाँ मूल्य तोकेको छ भने चाँदी १० ग्राम बराबर ६ सय ५१ रुपैयाँ ५० पैसा मूल्य तोकेको छ ।