साताको अन्तिम दिन सुन चाँदीको मूल्य बढेको छ । विहिबारको तुलनामा सुन प्रति तोला २ सयले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ ।
छापावाला सुन प्रति तोला ५८ हजार ४ सयमा कारोबार भैरहेको छ भने तेजावी सुन ५८ हजार १ सयमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको कारोबारमा प्रति १० ग्राम छापावाला सुनको ५० हजार ७०, तेजावी सुन ४९ हजार ८ सय १५ र चाँदी ६ सय ६४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।