साताको पाँचौं दिन आज बिहिबार सुन चाँदीको भाउ बढेको छ । बुधबार ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार प्रति तोला १ सय रुपैयाँले बढेर ५८ हजार ६ सय पुगेको छ । बुधबार ५८ र २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५८ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ । बुधबार ७ सय ८५ रुपेयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज बिहिबार प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज १० ग्राम छापावाला सुनको मूल्य ५० हजार २ सय ४० रुपैयाँ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ९ सय ८५ रुपैयाँ कायम गरेको छ । प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा तोकेको छ ।