साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । विहिबारको तुलनामा सुन प्रति तोला ४ सयले बृद्धि भएको छ भने चाँदी १० रुपैयाले बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ८ सय रुपैयाँमा कारोबर भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार ५ सय ८५, तेजावी सुन ५० हजार ३ सय ३० र चाँदी ६ सय ८६ रुपैयाँ मूल्य तोकेको छ ।