साताको पहिलो दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । शुक्रबारबको तुलनामा सुन प्रति तोला ४ सयले घटेको छ भने चाँदीमा २० रुपैयाँ घटेको छ ।
छापावाला सुन प्रति तोला ५८ हजार ५ सय रुपैययाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्ययसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार १ सय ५५ रुपैयाँ, तेजावी सुन ४९ हजार ९ सय रुपैयाँ र चाँदी ६ सय ६९ रुपैयाँ तोकेको छ ।