साताको दोस्रो दिन आज सुन चाँदीको भाउ घटेको छ । आईतवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँ र चाँदी प्रति तोला ५ रुपैयाँले घटेको छ ।
छापावाला सुन प्रति तोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ९ सय ८५ रुपैयाँ, तेजावी सुन ४९ हजार ७ सय ३० रुपैयाँ र चाँदी ६ सय ६४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।