साताको पाँचौ दिन सुन चाँदीको भाउ बढेको छ । बुधवारको तुलनामा सुन प्रति तोला २ सय र चाँदीमा ५ रुपैयाँले मूल्य बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ५ सय ५५ रुपैयाँ, तेजावी सुन ४९ हजार ३ सय रुपैयाँ र चाँदी ६ सय ५६ रुपैयाँ मूल्य तोकेको छ ।