साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ । विहिबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो ।
छापावाला सुन प्रति तोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भेरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ५ सय ५५ रुपैयाँ, तेजावी सुन ४९ हजार ३ सय रुपैयाँ र चाँदी ६ सय ५१ रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरेको छ ।