साताको तेस्रो दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । सोमबारको तुलनामा सुन प्रति तोला १ सयले बृद्धि भएको छ भने चाँदीमा ५ रुपैयाँ बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४९ हजार ६ सय ४० रुपैयाँ, तेजावी सुन ४९ हजार ३ सय ८५ र चाँदी ६ सय ५६ रुपैयाँ मूल्य कायम गरेको छ ।