साताको दोस्रो दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५७ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ९ सय ५५ रुपैयाँ, तेजावी सुन ४८ हजार ७ सय र चाँदीको ६ सय ४३ रुपैयाँ मूल्य तोकेको छ ।