साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ । विहिवारको तुलानामा चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेका छ भने तेजावी सुन ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ४ सय ४० रुपैयाँ, तेजवी सुन ४८ हजार १ सय ८५ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।