![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
साताको पाँचौं दिन सुन चाँदीको कारोबारमा मूल्य बढेको छ । बुधबारको तुलनामा सुन प्रति तोला १ सय र चाँदीमा ५ रुपैयाँले बृद्धि भएको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको भने चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ६ सय १० रुपैयाँ, तेजावी सुन ४८ हजार ३ सय ५५ रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।