साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा सुनको भाउ घटेको छ भने चाँदीको स्थिर रहेको छ । विहिवारको तुलनामा सुन प्रति तोला २ सयले घटेको छ ।
छापावाला सुन प्रति तोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । साथै तेजावी सुन प्रति तोला ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ४८ हजार ४ सय ४० रुपैयाँ, तेजावी सुन ४८ हजार १ सय ८५ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।